शनिबार, जेठ २, २०८३

श्रीमतीको हत्या आरोपमा वीरगञ्जबाट एक जना पक्राउ

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई शुक्रबार पक्राउ गरेको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

वीरगञ्ज- श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई शुक्रबार पक्राउ गरेको छ। 

National life

पर्साको वीरगञ्ज महानगरपालिका-२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ। 

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका-६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ।

प्रकाशित: Aug 13, 2022| 07:36 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।