सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मतपेटिका खरिदसम्बन्धी ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश

उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का ‘शशीधर-काविल-ब्रिजटेक जेभी’ कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

कैलालीको मोहना नदीमा डुबेर दुई बेपत्ता

धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

नागरिकता विधेयक - राष्ट्रिय हितलाई केन्द्रमा राख्‍न सांसदहरुको जोड

राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

त्रिविले रोक्यो भारतका ४ विश्वविद्यालयका उपाधिको समकक्षता

समकक्षता प्रदान गर्न रोक लगाइएका विश्वविद्यालयमा सिंघानिया विश्वविद्यालय राजस्थान, मेबार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय पञ्जाब छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

मोरङ-५ बाट उपेन्द्र यादवसहित ५ जनाको नाम सिफारिस

जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

महेश बस्‍नेतलाई गाली गर्नेहरुलाई कारबाही गर्न एमालेको माग

नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महेश बस्‍नेतको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्‍जालमा भ्रम फैलाइएको उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पाल्पा-२ मा उम्मेदवार बन्‍न कांग्रेसबाट सिफारिस भए पूर्वगभर्नर नेपाल

नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपाललाई प्रतिनिधिसभाको चुनावमा उम्मेदवारका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

गौतमश्री सहकारीले बुझायो स्पष्टीकरण, भन्यो- बचतकर्ताको रकम फिर्ता गर्छौं

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बिहीबार स्पष्टीकरण बुझाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

चितवन-१ : लालकिल्ला भत्काउन कांग्रेसबाट नयाँदेखि पुरानासम्मका आकांक्षी

चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सिभिल सहकारीका सञ्चालक ईच्छाराजको परिवारविरुद्ध मुद्दा दर्ता, साढे ४ अर्ब ठगीको आरोप

सिभिल सहकारी संस्थाका संचालक इच्छाराज तामाङसँगै उनको परिवारले साढे ४ अर्ब रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ

टोली शुक्रबार दिउँसो १ बजे श्रीलंका जानेछ। प्रतियोगितामा नेपाल 'बी'मा रहेको छ भने नेपालसँगै भारत र भुटानसमेत रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

परीक्षा सकिएको एक वर्षपछि त्रिविले निकाल्यो नतिजा

परीक्षा भएको करिब एक वर्षपछि मात्र नतिजा आएको हो। त्रिविकै नियमअनुसार सामान्यत परीक्षा सकिएको ३ महिनामा नतिजा निकाल्नुपर्ने हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

अकबरे खुर्सानीले पाएन मूल्य

विगतमा यो मौसममा अकबरे खुर्सानी प्रतिकेजी ५ सय रुपैयाँ आउने गरे पनि बढीमा २ सय रुपैयाँ प्रतिकेजी मात्र आउन थालेपछि किसान निराश भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सडक भासिएपछि बुटवल–पाल्पा सडक अवरुद्ध, सयौं सवारी अलपत्र

वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं ३ मा पर्ने हिंउदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

८६ सिट लिएर बाँडफाँट मिलाउन देउवाको निर्देशन

'लोसपालाई कांग्रेसकै भागबाट दिने गरी सिट बाँडफाँट मिलाउने विषयमा कुराकानी भएको छ,' कार्यदलका एक सदस्यले भने, 'उहाँहरुलाई पनि कांग्रेसकै भागबाट दिने गरी ८८ सिट लिन भन्नुभएको छ।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

भारतीय नेशनल डिफेन्स कोर्स-६२ का प्रशिक्षार्थीहरु स्वदेश फिर्ता

भारतीय सेनाको नेशनल डिफेन्स कोर्स-६२ को प्रशिक्षार्थी बिहीबार स्वदेश फिर्ता भएका छन्। आइतबार नेपाल आइपुगेको टोली बिहीबार स्वदेश फिर्ता भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देही-२ लाई बटमलाइन बनाउने

नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधि सभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

राजेन्द्र लिङ्देन भन्छन्- वर्गीय विभेदको मुद्दामा 'प्रकाश' खरो उत्रिएको छ

जातीय र वर्गीय विभेदको मुद्दालाई समेत उठाएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले बलियो ‘वर्ड अफ माउथ’को सहारामा सुखद् प्रदर्शन गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९