शुक्रबार, असार ५, २०८३

महेश बस्‍नेतलाई गाली गर्नेहरुलाई कारबाही गर्न एमालेको माग

नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महेश बस्‍नेतको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्‍जालमा भ्रम फैलाइएको उल्लेख गरिएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्‍नेतलाई गाली गर्नेहरुलाई कारबाही गर्ने नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले माग गरेको छ। नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महेश बस्‍नेतको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्‍जालमा भ्रम फैलाइएको उल्लेख गरिएको छ।

National life

यसअघि सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महेश बस्‍नेतले भनेका थिए, 'देशीविदेशी तत्वहरु रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा सल्बलाउन थालेको छन्। उनीहरुलाई सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस्। परेको पार्टीले बेहोर्छ।'

उनले बालेनले अनधिकृत संरचना भत्काउन चालेको कदमप्रति पनि आक्रोश व्यक्त गरेका थिए। उनको उक्त अभिव्यक्तिको अर्को दिन सामाजिक सञ्‍जालमा महेश बस्‍नेतलाई स्थानीयले लखेटेको भन्दै अर्को भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो भने महेश बस्‍नेतको थिएन।

उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै बस्‍नेतले बुधबार आफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै कानुनी उपचार खोज्‍ने बताएका थिए। बिहीबार पार्टीका  भक्तपुर अध्यक्ष देउजाले एक विज्ञप्ति निकाल्दै भनेका छन्, '... पार्टी नेतृत्वको दुष्प्रचार गर्नु अराजक जत्थाको रणनीति भएकोले आम पार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आ-आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको सशक्त प्रतिरोध गर्न तथा अपराधिक क्रियाकलापमा संलग्‍नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछु।'

प्रकाशित: Sep 01, 2022| 20:59 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...