बिहीबार, असार ४, २०८३

अकबरे खुर्सानीले पाएन मूल्य

विगतमा यो मौसममा अकबरे खुर्सानी प्रतिकेजी ५ सय रुपैयाँ आउने गरे पनि बढीमा २ सय रुपैयाँ प्रतिकेजी मात्र आउन थालेपछि किसान निराश भएका हुन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

म्याङलुङ- नगदे बालीका रुपमा लिइने अकबरे खुर्सानीले उचित मूल्य नपाउँदा तेह्रथुमका किसान मारमा परेका छन्। विगतमा यो मौसममा अकबरे खुर्सानी प्रतिकेजी ५ सय रुपैयाँ आउने गरे पनि बढीमा २ सय रुपैयाँ प्रतिकेजी मात्र आउन थालेपछि किसान निराश भएका हुन्। 

National life

छथर गाउँपालिका-६ सुदापका किसान शेरबहादुर पौडेलले यसपालि अकबरे खुर्सानीको मूल्य राम्रो नपाएको गुनासो गरे। 'खोई यो साल त अकबरेको भाउ पो छैन,' पौडेलले भने, 'अहिले अघिल्लो सालको भन्दा यस वर्ष अकबरे पनि बढी फलेको छ। त्यही भएर कसैले खुर्सानीको भाउँ नै लगाउँदैनन्।'

विगतमा तेह्रथुमको बसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङ्लुङ, शुक्रबारे बजारमा अकबरे किन्नेको भीड नै लाग्थ्यो। आजभोलि बजारमा अकबरे किन्ने पनि छैनन्। बारीमै कुहिने डरले पनि सस्तोमा बेच्नुपरेको अर्का किसान खगेन्द्र मगरको भनाइ छ। 

आर्थिक वर्ष २०७८/७९ मा तेह्रथुम जिल्लामा २९ हेक्टर क्षेत्रफलमा चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे  उत्पादन भएको थियो। तथ्याङ्कमा अघिल्लो वर्ष उत्पादन घटेको भए पनि समयमै पानी परेकाले यो वर्ष उत्पादन बढ्ने अनुमान गरिएको छ। 

यो वर्ष अधिक रुपमा अकबरे फलेका कारण पनि बजार मूल्य कम भएको हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनाल बताउँछन्। बर्सेनि अकबरे उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र भण्डारणको व्यवस्था छैन। पूर्वी पहाडी जिल्लामा अकबरेको उत्पादन र व्यापार राम्रो भए पनि किसानले उत्पादन गरेका खुर्सानीको भण्डारण र उचित बजारको प्रबन्ध कसैले गरेको छैनन्।

Shivam cement

नेपालका सबै भूभागमा अकबरेको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ। अकबरेका विभिन्न फाइदा भएका कारण यो खुर्सानी सामान्य खुर्सानीभन्दा महँगो पर्ने गरेको छ।

कृषि ज्ञान केन्द्रले अकबरेको बजार व्यवस्थापन वा यसको विस्तारका लागि कुनै कार्यक्रम ल्याएको छैन। व्यावसायिक रुपमा अकबरे खेती गर्ने किसानले अनुदानको माग गरेका छैनन्। जसले गर्दा पनि अनुदानको कार्यक्रम ल्याउन नसकिएको सूचना अधिकृत खनालको भनाइ छ।

प्रकाशित: Sep 01, 2022| 19:19 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्