आइतबार, मंसिर २१, २०८२

सडक भासिएपछि बुटवल–पाल्पा सडक अवरुद्ध, सयौं सवारी अलपत्र

वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं ३ मा पर्ने हिंउदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, भदौ १६, २०७९

बुटवल- सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका हिउँदे खोला नजिक पहिरोले सडक नै भासिएपछि राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं ३ मा पर्ने हिंउदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको हो। 

National life

सडक भासिएपछि बिहीबार दिउँसो साढे ४ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उक्त सडक खण्डमा मोटरसाइकल समेत चल्न सक्ने अवस्था नभएको र सडक कहिलेसम्म खुल्छ भन्‍ने अन्योल रहेको थापाले बताए। सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।


 

Laxmi sunrise bank
kumari



प्रकाशित: Sep 01, 2022| 18:55 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।