आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • चितवन-१ : लालकिल्ला भत्काउन कांग्रेसबाट नयाँदेखि पुरानासम्मका आकांक्षी

Siddartha premir insuranceSiddartha premir insurance

चितवन-१ : लालकिल्ला भत्काउन कांग्रेसबाट नयाँदेखि पुरानासम्मका आकांक्षी

चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको बलियो पकड भएको क्षेत्र हो।
 |  बिहीबार, भदौ १६, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवनको क्षेत्र नं १ मा पनि कडा प्रतिस्पर्धा हुने भएको छ। चितवन–१ मा तीन नगरपालिका पर्दछन्। रत्‍ननगर, खैरहनी र राप्ती नगरपालिका मिलेर बनेको चितवन क्षेत्र नं १ मा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच नै तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

triton college

यो क्षेत्रबाट चुनाव लड्नका लागि नेपाली कांग्रेसबाट ६ जनाले आवेदन पार्टी समितिमा दर्ता गराएका छन्। तीमध्ये अधिकांश नयाँ तर राष्ट्रिय रुपमा भने परिचित अनुहार भएकाले यो क्षेत्रको चर्चा हुन थालेको हो। आकांक्षीमध्येका राजेन्द्र बुर्लाकोटी दुई पटकसम्म निर्वाचनमा भिडेका व्यक्ति हुन् भने अन्य नयाँ अनुहार रहेका छन्। 

यो क्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, त्रिभुवन विश्वविद्यालयला पूर्व उपकुलपति तिर्थराज खनीया, नेता भिमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीले उम्मेद्वारको लागि आवेदन दिएका हुन्। 

यी मध्ये कसले टिकट पाउने हो भन्‍ने यकिन भने हुन सकेको छैन। यता नेकपा एमालेबाट दुई पटकसम्म यो क्षेत्रबाट चुनाव लडेर जितेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे यसपटक चुनाव जितेर हयाट्रिक गर्ने दाउमा छन्। चितवन –१ बाटै आफू यसपालिको निर्वाचनमा उम्मेदवारी दिने पाण्डेले  बताउँदै आएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार रहेका पाण्डेले  कांग्रेसका  राजेन्द्र बुर्लाकोटीलाई १५ हजार ७२० मतान्तरले पराजित गरेका थिए।

चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको बलियो पकड भएको क्षेत्र हो।

पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्दा बुर्लाकोटीले ३५ हजार  ३६० मत ल्याएका थिए। यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए। २०६४ सालको संविधान सभा चुनावमा उक्त क्षेत्रबाट एमालेका लालमणि चौधरी विजयी भएका थिए। 

Metro Mart
vianet

चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको बलियो पकड भएको क्षेत्र हो। यद्यपि गत वैशाखमा सम्पन्‍न स्थानीय निर्वाचनको नतिजालाई हेर्ने हो भने चितवन–१ का तीनवटै पालिकाको नेतृत्व सत्तारुढ  गठबन्धन दलकै हातमा पुगेको छ। चितवनको रत्‍ननगर र खैरहनीमा कांग्रेस र राप्तीमा नेकपा एकीकृत समाजवादीले नेतृत्व गरिराखेको छ। 

चितवनको रत्‍ननगरका १६ वडामध्ये ९ मा कांग्रेस, ५ एमाले, १ माओवादी र एक स्वतन्त्रले जितेका छन्। खैरहनीका १३ वडामध्ये ७ एमाले र ६ वटा कांग्रेसले जितेका थिए। यस्तै राप्ती नगरपालिकामा ८ एमाले, ३ कांग्रेस १ नेकपा एस र १ स्वतन्त्रले जितेका छन्। यसरी हेर्दा चितवन –१ भित्र पर्ने ४२ वडामध्ये १८ कांग्रेस, २० एमाले, १ माओवादी, २  स्वतन्त्र २ र १ वडामा नेकपा एकीकृत समाजवादीको पकड देखिन्छ।

गत स्थानीय चुनावको मतपरिणामलाई हेर्ने हो भने चितवन १ मा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ। अघिल्लो चुनावमा बाम गठबन्धनसहित निर्वाचनमा होमिएका पाण्डेलाई अहिले पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ। 


प्रकाशित: Sep 01, 2022| 20:37 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।