शनिबार, जेठ २, २०८३

कैलालीको मोहना नदीमा डुबेर दुई बेपत्ता

धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

धनगढी- धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

National life

रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिका– ३ चटकपुरस्थित मोहना नदीमा डुबेर सोही ठाउँका  मोहन रानाको १० वर्षीय छोरा प्रिन्स नदीमा डुबरे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो। नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ। 

महिलाको शव फेला 

कैलालीको मोहना नदीमा बिहीबार एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा बगिरहेका अवस्थामा फुलेको कपाल भएको पहिचान खुल्न नसकेको अन्दाजी ७० वर्षीया महिलाको शव फेला परेको हो। महिलाको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ।

प्रकाशित: Sep 01, 2022| 22:00 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।