बिहीबार, साउन २१, २०८३

८६ सिट लिएर बाँडफाँट मिलाउन देउवाको निर्देशन

'लोसपालाई कांग्रेसकै भागबाट दिने गरी सिट बाँडफाँट मिलाउने विषयमा कुराकानी भएको छ,' कार्यदलका एक सदस्यले भने, 'उहाँहरुलाई पनि कांग्रेसकै भागबाट दिने गरी ८८ सिट लिन भन्नुभएको छ।'
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- कांग्रेसले ८६ सिट लिएर बाँकी सिटमा अन्य दललाई दिने गरी सिट बाँडफाँट मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्। बिहीबार कांग्रेसबाट प्रतिनिधित्व गर्ने कार्यदलका सदस्यहरुलाई प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन्। 

देउवाले ८८ सिट लिन कार्यदलका सदस्यलाई भनेका छन्। दुई सिट भने लोकतान्त्रिक समाजवादी पार्टीका लागि छुट्याउन देउवाले भनेका छन्। राजेन्द्र महतो र महन्थ ठाकुरलाई एकएक सिट दिनुपर्ने देउवाको भनाइ छ। 

'लोसपालाई कांग्रेसकै भागबाट दिने गरी सिट बाँडफाँट मिलाउने विषयमा कुराकानी भएको छ,' कार्यदलका एक सदस्यले भने, 'उहाँहरुलाई पनि कांग्रेसकै भागबाट दिने गरी ८८ सिट लिन भन्नुभएको छ।'

बाँकी ७७ सिट गठबन्धनका अन्य दललाई दिनुपर्ने देउवाको भनाइ थियो। 

प्रकाशित: Sep 01, 2022| 18:50 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...