शनिबार, मंसिर ६, २०८२

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ

टोली शुक्रबार दिउँसो १ बजे श्रीलंका जानेछ। प्रतियोगितामा नेपाल 'बी'मा रहेको छ भने नेपालसँगै भारत र भुटानसमेत रहेका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका जान लागेको राष्ट्रिय यू–१७ टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ।

National life

बिहीबार एन्फा कम्प्लेक्समा आयोजित विशेष बिदाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिवप्रसाद कोइराला, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडा, महासचिव किरण राई तथा सदस्यहरू रवीन्द्र चन्द, महेन्द्र क्षेत्रीलगायतको उपस्थिति थियो।

कार्यक्रमलाई प्रमुख अतिथि कोइराला, अध्यक्ष नेम्वाङ, उपाध्यक्ष खतिवडा र महासचिव राईले सम्बोधन गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन्। 

टोली शुक्रबार दिउँसो १ बजे श्रीलंका जानेछ। प्रतियोगितामा नेपाल समूह 'बी'मा रहेको छ भने नेपालसँगै भारत र भुटानसमेत रहेका छन्।

यू १७ टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत आइतबार प्रतियोगिताका लागि २४ खेलाडी फाइनल गरेका थिए। तर साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका जाँदै गरेको टोलीमा समीर तामाङ परेनन्।

Laxmi sunrise bank
kumari

नेपाली टिमः

गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

प्रकाशित: Sep 01, 2022| 19:46 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।