सोमबार, असोज १२, २०८३

राजेन्द्र लिङ्देन भन्छन्- वर्गीय विभेदको मुद्दामा 'प्रकाश' खरो उत्रिएको छ

जातीय र वर्गीय विभेदको मुद्दालाई समेत उठाएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले बलियो ‘वर्ड अफ माउथ’को सहारामा सुखद् प्रदर्शन गरिरहेको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- जातीय र वर्गीय विभेदको मुद्दालाई समेत उठाएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले बलियो ‘वर्ड अफ माउथ’को सहारामा सुखद् प्रदर्शन गरिरहेको छ।

फिल्मले उठाएको विषयवस्तुले आम मानिसलाई मात्र आकर्षित गरेको छैन, राजनीतिक दलका नेताहरुको समेत ध्यान खिचेको छ। त्यसैले अहिले दिनहुँजसो विभिन्न पार्टीका प्रभावशाली नेताहरु हल पुगेर फिल्म हेरिरहेका छन्। 

कांग्रेसका महामन्त्री गगन थापा, राजनीतिककर्मी रविन्द्र मिश्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बुधबार साँझ काठमाडौंको दरबार सिनेम्याक्समा फिल्म हेरे। आफूले विगत ७ वर्षदेखि उठाउँदै आएको वर्गीय विभेदकै मुद्दामा ‘प्रकाश’ खरो रुपमा उत्रिएको उनले बताएका छन्। उनले आफ्नो राजनीतिक एजेण्डासँग फिल्मको विषयवस्तुबीच समानता रहेको पनि बताए।

उनले भने, ‘राज्यले जनतालाई जातको आधारमा नभई वर्गका आधारमा सेवासुविधा दिनुपर्छ। राज्यले गरिबलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा हामीले उठाउँदै आएका छौं र ‘प्रकाश’ले पनि यही कुरा देखाएको छ। फिल्ममा देखाए झैं अहिलेको राज्य व्यवस्थाले वर्गीय विभेदलाई प्रोत्साहन गरिरहेको छ, जुन गलत हो। अहिलेको समाज कस्तो छ त्यसलाई पनि यो फिल्मले चित्रण गरेको छ ।’ 

नेपाली राजनीतिको विकृतिको मार समाजमा ‘प्रकाश’ जस्तै पात्रले वर्षौंदेखि भोग्दै आउनु परेको बताउँदै अध्यक्ष लिङ्देनले थपे, ‘यो फिल्म आम जनताले त हेर्नैपर्छ, त्योभन्दा बढी अहिलेको वर्तमान समयको नेतृत्व गरिरहेको छु भन्ने राजनीतिक दलका सबै नेता तथा कार्यकर्ताहरुले नछुटाइ हेर्नुपर्छ ।’ उनले फिल्ममा हरेक कलाकारले जीवन्त अभिनय गरेको भन्दै प्रशंसा पनि गरे। 

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, निरज पन्थी, दिपेन्द्र शाही, गोविन्द सुनुवार, रामबाबु रेग्मीलगायतको अभिनय छ। फिल्ममा विकास सुवेदीको कथा लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको गीतमा संगीत रहेको छ।

प्रकाशित: Sep 01, 2022| 18:00 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।