जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका-८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ। उक्त क्षेत्रको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ।
३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२...
नेपाली कांग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले...
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो।