मंगलबार, साउन १९, २०८३

संघीय संसद्‌ प्रतिनिधिसभाको पहिलो कार्यकाल सम्पन्‍न

सभामुख अग्‍निप्रसाद सापकोटाले पहिलो कार्यकाल सम्पन्‍न जानकारी संसद्‌लाई जानकारी गराएका हुन्। उनले संसद्लाई जीवन्त बनाउन गरिएका पहलहरुप्रति आभार प्रकट गरेका छन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- संघीय संसद्‌को प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्‍न भएको छ। प्रतिनिधि सभाको अन्तिम बैठक शनिबार बसेको हो। 

सभामुख अग्‍निप्रसाद सापकोटाले पहिलो कार्यकाल सम्पन्‍न जानकारी संसद्‌लाई जानकारी गराएका हुन्। उनले संसद्लाई जीवन्त बनाउन गरिएका पहलहरुप्रति आभार प्रकट गरेका छन्।

उनले भने, 'संघीय संसद्‌को पहिलो प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि भएका पहलहरुलाई इतिहासले मूल्यांकन गर्नेछ। आगामी दिनका लागि यो पाठ हुनेछ।' 

पाँच वर्षीय कार्यकाल भएको संसद्‌को पहिलो कार्यकालमा दुई-दुई पटक असंवैधानिकरुपमा गरिएको संसद् विघटन विश्‍वकै संसदीय इतिहासमा पहिलो परिघटना भएको पनि उनले बताएका छन्। उनले आगामी दिनमा यो कुरा अनुकरणीय बन्‍ने पनि बताए।

राष्ट्रियताका सवालमा अभूतपूर्व कामहरु गरेको दाबी गरे। उनले भने, 'लिम्पियाधुरासहितको नेपालको भूमि समेटेर नया नक्सा जारी गर्ने कुरामा दलहरुबीच देखिएको अभूतपूर्व एकता सधैं स्मरणीय रहनेछ। 

कोरोना महामारीका समयमा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै जनताका सवालहरुमा काम गरेका छौं।'

उनले आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधि सभाको चुनावलाई निष्पक्ष ढंगले सम्पन्‍न गराउने सम्पूर्णको जिम्मेवारी भएको बताएका छन्। 

सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी घण्डारीले संघीय संसद्‌को दुबै सदनको चालु अधिवेशन स्थगित भएको पत्रको व्यहोरा पनि संसद्लाई जानकारी गराए। उनले पत्र पढे, 'नेपालको संविधानको ९३ को उपधारा २ अनुसार संघीय संसद्‌को चालु अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य गरेको छु, राष्ट्रपति विद्यादेवी भण्डारी।'

प्रतिनिधि सभाको चालु अधिवेशन शनिबार राति १२ बजेदेखि लागु हुने गरी बैठक स्थगित भएको पनि जानकारी सभामुख सापकोटाले गराए। 

प्रकाशित: Sep 17, 2022| 17:15 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...