शुक्रबार, जेठ १, २०८३

कमलादीको लक्ष्मी बैंकमुनि पनि टुकुचा खोला

काठमाडौं महानगरपालिकाले शनिबार कमलादीस्थित लक्ष्मी बैंक परिसर खोतल्दा त्यसको मुनि टुकुचा खोला रहेको भेटिएको छ।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले शनिबार कमलादीस्थित लक्ष्मी बैंक परिसर खोतल्दा त्यसको मुनि टुकुचा खोला रहेको भेटिएको छ। 

National life

महानगरले बिहीबारदेखि टुकुचा खोला पत्ता लगाउने अभियान सुरु गरेको हो। सोहि क्रममा शनिबार महानगरको टोली डोजर लगेर कमलादीस्थित लक्ष्मी बैंक परिसमा खोतलेको हो। त्यसको १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ।  

खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो। महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।

बिहीबार जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।

महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ। 

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने पनि महानगरले चेतावनी दिएको छ। काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको बताइएको छ। 

सहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो। त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको थियो। 

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कित्ता नम्बर ११ को नैना कुमारी देवी राणाको जग्गादेखि वडा नम्बर ३२ को कित्ता नम्बर ३३२२ को नजमा बानुसम्मका व्यक्तिले टुकुचा खोलाको अतिक्रमण गरेको बताइएको छ।

टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले सहरी विकासको मापदण्ड पूरा नगरेको बताइएको छ। 

पहिले खोला खुला गरी सेटब्याक समेत तयार भएपछि दसैँलगत्तै टुकुचा खोला करिडोर निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको छ।  

प्रकाशित: Sep 17, 2022| 16:41 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।