बुधबार, असार ३, २०८३

एमालेसँग ७० प्रतिशत जनता बेखुस छन् : नेता झलनाथ खनाल

एमालेका कारण वर्तमान संसद्ले प्रभावकारी काम गर्न नसकेको नेता खनालको आरोप।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एसका नेता झलनाथ खनालले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै एमालेकै कारण वर्तमान संसद् प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्। उनले एमालेसँग देशका ७० प्रतिशत जनता बेखुस रहेको बताए।

खनालले भने, ‘यो संसद्बाट जनताको ठूलो अपेक्षा थियो। त्यसमाथि कम्युनिस्ट पार्टीको सरकार थियो। दुई कम्युनिस्ट पार्टीको एकताबाट बनेको सरकार थियो। यसबाट ठूलै अपेक्षा गरिए पनि त्यो हुन सकेन। यसले गर्दा देशका ७० प्रतिशत जनता त्यतिबेलाको सरकारसँग क्रुद्ध भएका छन्।’

उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गरी अब के भनेर भोट माग्न जानुहुन्छ भने। उनले भने, ‘फेरि पनि दुई तिहाइ ल्याउँछौं भनिरहनुभएको छ। केको दुई तिहाइ? दुई–तीन जना भनिएको हो कि?’

प्रकाशित: Sep 17, 2022| 15:42 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...