बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम भयो : उपेन्द्र यादव

राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम भयो : उपेन्द्र यादव

प्रतिनिधि सभाको शनिबार अन्तिम बैठकमा बोल्दै अध्यक्ष यादवले राष्ट्रपतिले कुनै एक प्रधानमन्त्री अध्यादेश ल्याउँदा तुरुन्त पारित गर्ने र अर्को प्रधानमन्त्रीको पालामा संसद्‌ले दुई पटक बहुमतले पारित गरेको विधेयक प्रमाणीकरण नहुने कामले संसदीय मर्यादाको खिल्ली उडाएको बताए।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम गरेको बताएका छन्। प्रतिनिधि सभाको शनिबार अन्तिम बैठकमा बोल्दै अध्यक्ष यादवले राष्ट्रपतिले कुनै एक प्रधानमन्त्री अध्यादेश ल्याउँदा तुरुन्त पारित गर्ने र अर्को प्रधानमन्त्रीको पालामा संसद्‌ले दुई पटक बहुमतले पारित गरेको विधेयक प्रमाणीकरण नहुने कामले संसदीय मर्यादाको खिल्ली उडाएको बताए। 

National life

उनले भने, 'अध्यादेशमार्फत नागरिकता ल्याउन मिल्दैन भन्‍ने थाहा हुँदैहुँदै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो। त्यही अध्यादेशमा भएको हुबहु प्रावधानलाई संसद्‌बाट दुई पटकसम्म बहुमतले पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्ने भनेपछि यो के हो? संसद्ले पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोकेर राख्‍ने काम गरेको छ।'

कुनै पनि संसद्‌ले दोहोर्‍याएर पारित गरेपछि स्वत: ऐन बन्‍ने प्रावधान भएको पनि अध्यक्ष यादवले बताए। उनले थपे, 'राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम भयो। त्यसो गर्ने हो भने संसद्ले पारित गर्दै जाने र प्रमाणिकरण नगर्ने हो भने के हाल हुन्छ? संसदीय व्यवस्था र संघीयता नै धरापमाम पार्ने काम भइरहेको छ, त्यसतर्फ सजग हुन जरुरी छ।'

कुनै पनि व्यक्तिलाई राज्यविहीन बनाउने काम मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले संविधान विपरीतका काम भइरहेको पनि स्मरण गराए। थपे, 'हामीलाई लखेटर दशगजामा पुर्‍याएर जारी गरिएको संविधानमा नागरिकता पाउने अधिकारबाट वञ्‍चित गरिनेछैन भनेर उल्लेख गरिएको छ। जसको आमाबुबाको नागरिकता छ, त्यसका सन्तानलाई अनागरिक बनाउने काम भइरहेको छ। तिनलाई राज्यविहीन बनाउने र राष्ट्रियता विहीन बनाउने काम भइरहेको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै पनि व्यक्तिलाई राज्यविहीन बनाउन पाउँदैन।'

उनले थरुहट र मधेश आन्दोलनका राजनीतिक बन्दीहरुलाई तुरुन्त रिहा गर्ने र मुद्दा फिर्ता गर्ने काम गर्न पनि सरकारसँग माग गरेका छन्। 

Shivam cement

फास्ट्र ट्र्याकमा ल्याएको संविधानलाई परिमार्जन गर्ने र त्रुटी सच्याउने र सबैले मेरो संविधान हो भन्‍नसक्ने अवस्था सिर्जना नगरिएकोप्रति उनले गुनासो गरे। थपे, 'शासकीय स्वरुपका सम्बन्धमा, निर्वाचन प्रणाली, न्याय प्रणाली समावेशीताका सम्बन्धमा संविधान संशोधन गरेर अघि बढ्नुपर्ने थियो। तर, त्यसो हुन सकेन यो दुर्भाग्यको कुरा हो। एउटै संसद् असंवैधानिक तरिका दुई -दुई पटक विघटन गरियो।' 

मुलुकको प्रतिगमनलाई परास्त गर्दै लोकतन्त्रलाई लिकमा ल्याउने काममा सत्ता गठबन्धन सफल भएको उनले बताए। भने, 'अहिलेको सत्ता गठबन्धनले ओलीको प्रतिगमनलाई परास्त गर्दै लोकतन्त्रलाई लिकमा ल्याउने काम भएको छ। स्थानीय निर्वाचन भएको छ। केही ऐन बनेको छ। संघीयता प्रणालीमा नेपाल गइसकेको छ।' 

अहिले संघीय निजामति ऐन पारित गर्न नसकेको र गणतन्त्रलाई संस्थागत गर्न यत्रो महत्वपूर्ण विषयलाई ध्यान नदिइएको उनले बताए। 


प्रकाशित: Sep 17, 2022| 15:48 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...