आइतबार, मंसिर ७, २०८२

मिडिया हबमार्फत नेपालमा फुटबल विश्वकप प्रसारण

मिडिया हबले पायो नेपालमा विश्वकप फुटबल कतार २०२२ को लोगो, मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपिको अधिकार।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– आगामी डिसेम्बर २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल नेपालमा विभिन्न टेलिभिजन माध्यमबाट मिडिया हबले प्रसारण गर्ने भएको छ। कम्पनीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विश्वकपको प्रत्यक्ष प्रसारण अधिकार पाएको जानकारी दिएको हो। 

National life

मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालका अनुसार फुटबल प्रतियोगिता विश्वकप फुटबल कतार २०२२ को नेपालको भू–सतही, स्याटेलाइट, डीटीएच, केबल, ब्रोडब्यान्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार प्राप्त गरिसकेको छ। नेपालमा विश्वकप फुटबल कतार २०२२ को लोगो, मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपिको अधिकार मिडिया हबमा रहेको उनले बताए।

विश्वकप लाइभका लागि टेलिभिजन सिग्नल प्रदायक संस्था एनआईटीभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेसन्ससँग सहकार्यका लागि छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार यी दुई कम्पनीमार्फत टेलिभिजन जडान गरेका नेपाली दर्शकले विश्वकप फुटबल २०२२ को प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

विश्वकप फुटबल नेपाली दर्शकले सबैभन्दा बढी हेर्ने र रुचाइएको एक मात्र अन्तर्राष्ट्रिय कार्यक्रम हो। ‘यसबाहेक अन्य टेलिभिजन च्यानल र सेवाप्रदायक संस्थासँग सहकार्य गर्दै हरेक घर र दर्शकसामु विश्वकप फुटबल २०२२ को प्रत्यक्ष प्रसारण पुर्‍याउनेछौं,’ धितालले भने।

प्रकाशित: Sep 17, 2022| 15:06 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।