बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजेन्द्र महतोको प्रश्‍न- अध्यादेश रातारात स्वीकृत अनि संसद्‌ले बहुमतले पारित गरेको विधेयक किन रोकेको?

राजेन्द्र महतोको प्रश्‍न- अध्यादेश रातारात स्वीकृत अनि संसद्‌ले बहुमतले पारित गरेको विधेयक किन रोकेको?

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्‌ले दुई-दुई पटक बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले रोकेकोप्रति आपत्ति जनाएका छन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

 काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्‌ले दुई-दुई पटक बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले रोकेकोप्रति आपत्ति जनाएका छन्। 

National life

प्रधिनिधि सभाको अन्तिम बैठकमा बोल्दै नेता महतोले भने, 'अध्यादेशबाट ल्याउँदा रातारात पारित गर्ने राष्ट्रपतिलाई त्यही नागरिकता विधेयकलाई संसद्‌बाट बहुमतले पारित गराउँदा प्रमाणीकरण गर्न किन रोकेको? लाखौं नेपालीका सन्तानलाई नागरिकता दिलाउनुपर्नेमा यहाँ के षड्यन्त्र भइरहेको छ?'

उनले यो मुलुक सबै नेपालीको भएको उल्लेख गर्दै उनले नश्लीय चिन्तनलाई त्याग्‍न पनि नेताहरुलाई आग्रह गरेका छन्। उनले भने, 'आफ्नै देशका नागरिकलाई नागरिकता दिने कानुन बन्‍न नसक्ने अवस्थालाई कसरी सफल मान्‍ने? दुई-दुई चोटी पारित भएको विधेयकलाई स्वीकृत गर्न रोक्‍नुपर्ने कारण के हो?'

उनले आफूहरुलाई राष्ट्रपतिले बोलाएर चित्त दुखेका कारण रोकेको बताएको पनि उनले संसद्लाई जानकारी गराए। उनले भने, 'राष्ट्रपतिजीले हामीलाई बोलाउनुभयो। उहाँले भन्‍नुभयो- मलाई साह्रै चित्त दुखेको छ। मैले सन्देशसहित फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएको छ। हामीले भन्‍यो- विगतदेखि नै यसैगरी तपाईंको मन पर्ने काम गर्दा चित्ता नदुख्‍ने र अहिले किन चित्त दुख्‍नुपर्‍यो भनेर हामीले भनेका छौं।' 

उनले संविधान र संसद्‌माथि मजाक गरिएको पनि उनले बताएका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने कठोर आन्दोलनमा जाने पनि उनले चेतावनी दिएका छन्। 

Shivam cement

त्यसैगरी नेता महतोले रेशम चौधरीमाथि फेरि षड्यन्त्र हुन लागेको पनि उनले बताए। भने, 'पाँच वर्षदेखि कराइरहेको हामी कि झुठा आरोपलाई खारेज गरेर राजनीतिक बन्दीहरुलाई रिहा गर्ने भनेर। पाँच वर्षदेखि कराएको अहिले आएर रेशमलाई रिहा गर्ने कुरा सुनेको छौं। गठबन्धनको उम्मेदवार जिताउन अप्ठ्यारो भएपछि रेशमलाई रिहा गर्ने काम हुन लागेको त होइन, रेशमजी फेरि षड्यन्त्र होला सजग रहनुहोला।' 

प्रकाशित: Sep 17, 2022| 16:12 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...