शुक्रबार, जेठ १, २०८३

अछाम पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या २२ पुग्यो

कमलबजार नगरपालिका, ढकारी पालिका, र तुर्माखाँद गाउँपालिकाका गरी पहिरोमा परेर ज्यान गुमाउनको संख्या २२ पुगेको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– अछाममा शुक्रबार राती गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  कमलबजार नगरपालिका, ढकारी पालिका, र तुर्माखाँद गाउँपालिकाका गरी पहिरोमा परेर ज्यान गुमाउनको संख्या २२ पुगेको हो। 

National life

मृत्यु हुने सबैको सनाखत भएको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले बताए। उनका नुसार पहिरोमा परी ज्यान गुमाउनेमा ढकारी गाउँपालिका–६ का २ वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाकी १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनीषा शाही रहेका छन्।

यस्तै, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीया मेनिका शाही, ३ वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको अछाम प्रहरीले बताएको छ। प्रहरीका अनुसार कमलबजार नगरपालिका–६ को एकै एकै घरका ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीय सिरु कामीले ज्यान गुमाएका छन्। 

यस्तै, कमलबजार नगरपालिका–८ ढुंगलाका एकै घरका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीया कल्पना दमाई रहेको जिल्ला अछाम प्रहरीले जनाएको छ।

पहिरोमा परेर घाइते हुनेमा ढकारी गाउँपालिका–६ का ६२ वर्षीय हर्क बुढा, २१ वर्षीया चन्द्रदेवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका–६ कै ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय इन्द्रसिंह कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षीय सुशील कामी, २ वर्षीया सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र ६५ वर्षीय खटी दमाई रहेका छन्। पहिरोमा परी ११ जना बेपत्ता भएको अछाम प्रहरीले बताएको छ।

प्रकाशित: Sep 17, 2022| 17:20 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।