मंगलबार, साउन १९, २०८३

नेकपा एसले तय गर्‍यो समानुपातिक बन्दसूचीको मापदण्ड

नेकपा एसले हाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई अहिलेको बन्दसूचीमा नराख्ने।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीको मापदण्ड तय गरेको छ। नेकपा एसले हाल समानुपातिर्कबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई अहिलेको बन्दसूचीमा नराख्ने भएको हो।

त्यस्तै, स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट उम्मेदवार भएकालाई अहिलेको बन्दसूचीमा नराख्ने तथा विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई पनि बन्दसूचीमा नराखिने पार्टी महासचिव वेदुराम भुसालले बताए।

भुसालका अनुसार उम्मेदवार तय गर्दा कार्यक्षमता राम्रो भएको र सक्रिय रहेको, पार्टी निर्माणमा योगदान गरेको, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको तथा भौगोलिक सन्तुलन मिलाउने विषयलाई प्राथमिकता दिइनेछ।

प्रकाशित: Sep 17, 2022| 16:05 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...