बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चाडवाडमा उपभोक्तामाथिको ठगी रोक्न वाणिज्य विभागले थाल्यो अभियान

चाडवाडमा उपभोक्तामाथिको ठगी रोक्न वाणिज्य विभागले थाल्यो अभियान

चाडपर्वमा उपभोक्ता धेरै ठगिने भएकाले दसैं–तिहार लक्षित गर्दै विभागले ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरु गरेको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाडका बेला उपभोक्तालाई ठगिनबाट जोगाउने अभियान थालेको छ। चाडपर्वमा उपभोक्ता धेरै ठगिने भएकाले दसैं–तिहार लक्षित गर्दै विभागले ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरु गरेको हो।

विभागका महानिर्देशक महेश भट्टराईले उपभोक्तालाई ठगिनबाट जोगाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए। अभियानमार्फत उपभोक्तालाई सचेत बनाउने र बिक्रेतालाई समेत जिम्मेवार बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

‘बजार बिग्रनुमा उपभोक्ता र बिक्रेता दुवै मात्र पनि जिम्मेवार छैनन्। उपभोक्ता सचेत बन्ने र बिक्रेता जिम्मेवार बने बजार स्वतः सुध्रिन्छ,’ उनले भने। अभियानअन्तर्गत उपभोक्तालाई १० बुँदे सचेतनासहितका सन्देश फैलाइनेछ। 

प्रकाशित: Sep 17, 2022| 16:52 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्