मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले दिए ओलीलाई जवाफ : प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमनै हो

प्रचण्डले दिए ओलीलाई जवाफ : प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमनै हो

लोकतन्त्रको व्याख्या जसले, जस्तो ढंगबाट गरे पनि हुने देखिएको प्रचण्डको ओली लक्षित व्यंग्य।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन्। प्रचण्डले संविधानको भावना विपरीत ओलीले प्रतिनिधिसभा विघटन गरेकाले प्रतिगमन भएको बताएका छन्।

प्रचण्डले भने, ‘संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्म्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन भनेर संविधानमा व्यवस्था छ। नयाँ सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको मर्म, भावना, लोकतन्त्रको मान्यता विपरीत प्रतिनिधिसधा विघटन गर्ने काम प्रतिगमन हो।’

संविधानले गरेको निर्देशअनुसार स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढ्ने अपेक्षा गरिए पनि जान नसकिएको उनले बताए।

‘संविधानले निर्देशित गरेअनुसार नै हामी स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढ्नेछौं भन्ने अपेक्षा गरिएको थियो,’ प्रचण्डले भने, ‘त्यो अपेक्षा नेपाली जनताको, सदनको पनि थियो। तर तीन वर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन।’

प्रचण्डले ओलीप्रति व्यंग्य गर्दै लोकतन्त्रको व्याख्या जसले, जस्तो ढंगबाट गरे पनि हुने देखिएको सुनाए। ‘प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्यख्या गर्नुभयो,’ अध्यक्ष प्रचण्डले भने, ‘लोकतन्त्रको व्यख्या गर्नुभयो। जसले, जे भने पनि हुने रहेछजस्तो लाग्यो मलाई।’

प्रकाशित: Sep 17, 2022| 15:22 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...