गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन्।
जारी नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा पहिलो स्वर्ण पदक जितेको छ। आठौं राष्ट्रिय खेलकुदको इतिहास दोर्हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो।
अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन।...
उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन्। खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो।
राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका पौडेलको ध्येय पहिलो प्रयासमै जित निकाल्नु छ भने यही क्षेत्रबाट दुई पटकसम्म चुनाव लडेर अर्थमन्त्री भइसकेका पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीमा रा.७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशब डाँगीको छोरा ४ वर्षीय स्मार्ट डाँगीको शुक्रबार दिउँसो मृत्यु भएको छ।
काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।
सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
नेकपा एमालेले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीसँग गरेको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।
प्रमुख आयुक्त थपलियाले पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।
त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्।
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट इभेन्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छन्। महिला सटपुटमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब शनिबार विजयी भएको छ। स्याङ्जामा जारी खेलमा एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो।