शनिबार, वैशाख २२, २०८१

मनपरी गर्ने प्रदेश १ र एनआरएनए, सदर–बदर गर्ने राखेप

अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्‍यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन। प्रदेश १ ले छनोटमा मनपरी गरेपछि राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य रहे पनि खेलाडीले खेल्नका लागि आफ्नो टिम पाएनन्।
 |  शनिबार, असोज २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असोज २९, २०७९

पोखरा– इलाम र झापाबाट जिल्ला छनोटका लागि खेलाडीहरुलाई नवौं राष्ट्रिय खेलकुदका लागि खुल्ला आह्वान गरियो। धेरै खलाडीहरु छनोटका लागि गएका गिए। यि जिल्लासहित विभिन्न जिल्लाका खेलाडी प्रदेश छनोटका लागि पनि उपलब्ध भएका थिए। तर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका फुटबलका केहि खेलाडी भने त्यहाँ उपस्थित हुन पाएनन्।

triton college

तिनैमा थिए डिफेन्डर अनन्त तामाङ, पुजन उपरकोटी, मिडफिल्डर सुजल श्रेष्ठ, संजोक राई। यता फरवार्ड विमल घर्ती मगर चाहिँ लुम्बिनीका हुन्। उनी पनि प्रदेशको टिममा अटाएनन्। राष्ट्रिय टिममा भएका खेलाडीलाई प्रदेशको टिममा नबोलाOनुजस्तो अनौठो संस्कारको सुरुआत प्रदेश १ ले गर्यो।

उनीहरु छनोटमा उपस्थित नभएको भन्दै प्रदेशले राष्ट्रिय टिममा रहेका खेलाडीको नाम प्रदेशको टिममा समेटेन। उल्टै छनोट खेल्नै नआएका खलाडीलाई प्रदेशको टिममा कसरी समावेश गर्न सकिन्छ भन्ने जवाफी प्रश्न प्रदेशको तर्फबाट आयो।

प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले त्यसै भनेका थिए। यता प्रदेश एकमा फुटबलको प्रशिक्षक हुन् भगिरथ आले। उनलाई फुटबल खेलाडीले ‘आले मामा’ भनेर चिन्ने गरेका छन्। उनले चाहिँ स्थानीय खेलाडीसँग नखेलेछि राष्ट्रिय टिमका खेलाडी भएर पनि तालमेल मिलाउन नसकिने भन्दै राष्ट्रिय टिममा रहेका ति खेलाडीलाई टिममै बोलाएनन्।

अहिले उनलाई खलाडीहरुले ‘शकुनी मामा’ भनेर बोलाउन थालिसकेका छन्। उनलाई त्यो उपनाम झापाली खेलाडीहरुले दिएका हुन्। अतः ति खेलाडी बाहिर राख्दै प्रदेश १ ले बन्द प्रशिक्षणका लागि खेलाडी तोक्यो। आफ्नो क्षेत्रमा पर्ने र यसैगरि राष्ट्रिय टिममा परेका खेलाडीलाई बागमती प्रदेशले भने खोजी गरेर टिममा राखेको थियो। र, त्यसरी नै राख्ने प्रचलन संसारभरी रहन्छ। विश्व फुटबलका ठूलो देशहरुले राष्ट्रिय टिममा पनि त्यसरी नै बोलाउने गरेका छन्।

corrent noodles
Metro Mart

अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो। जुन बागमती प्रदेशले गर्यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन। जुन फुटबल संस्कृतिमा हुँदैन। प्रदेश १ ले छनोटमा मनपरी गरेपछि राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य रहे पनि यि खेलाडीले खेल्नका लागि आफ्नो टिम पाएनन्।

अब कुरा आउँछ एनआरएनएको। यो विदेशमा बस्ने नेपालीहरुको संस्था हो जसले आठौं राष्ट्रिय खेलकुदबाट सहभागीता जनाउन थालेको हो। उसले त्यो प्रतियोगितामा सहभागीता जनाएर पदक पनि जितिरहेको थियो। यो वर्ष पनि उसले सहभागीता जनायो। फुटबलमा पनि उसले टिम बनायो। मलेसिया, खाडी देश, इंग्ल्यान्डलगायतका देशहरुमा रहेका खेल्न सक्ने खेलाडीलाई समेटेर एनआरएनएले टिम बनाएको थियो। ठूलो खर्च गरेर धेरै देशका खेलाडी राष्ट्रिय खेलकुद खेल्नका लागि नेपालको पोखरा आइपुगेका छन्। तर सबै खेलाडी आएनन्।

‘हाम्रो टिमले पनि फुटबलमा सहभागीता जनाएको थियो। टिमले अघि विभिन्न कारणले दोस्रो नामावली दर्ता गराएको थियौँ। कारण चाहिँ बेलायतमा भएका खेलाडीहरु आउन सक्नुभएन,’ टिम मेनेजर सन्तोष कार्कीले भने।

जो खेलाडी नाम दर्ता भइसके पनि नेपाल आएनन्। उनीहरुले मेलमार्फत् आफ्नो टिमलाई आउन नसक्ने जानकारी गराएका थिए। त्यसपछि एनआरएनएको टिम पुगेन। आफ्नो टिम नपुग्ने जानकारी राखेपलाई गराएको मेनेजर कार्कीले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन्। अब टिमलाई नै समावेश नगर्ने कि भन्ने अवस्थामा एनआरएनए पुगिसकेको थियो। तर, उनले राखेपका टिम दर्ता शाखामा कुरा चलाए। अनि राखेपले नेपालमै भएका खेलाडी खेल्न पाउने भन्ने मान्यता आफूले पाएको दाबी कार्कीले गरेका छन्। 

अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्‍यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन। प्रदेश १ ले छनोटमा मनपरी गरेपछि राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य रहे पनि खेलाडीले खेल्नका लागि आफ्नो टिम पाएनन्।

‘यहाँ खेलाडी नियमावली पनि थिएन, त्यसअघि मैले टेक्निकल टिमका साथीहरुसँग पनि सल्लाह लिएको थिएँँ। अनुमति दिएकै आधारमा मैले टिम दर्ता गराएको हो,’ कार्कीले गुनासो पोखेका छन्।

त्यसपछि उनले नेपालमै रहेका खेलाडी खोज्न सुरु गरे र फेला पारे प्रदेश १ ले टिममा नराखेका संजोक, अनन्त, पुजन, सुजलसँगै विमल पनि। यस्तैै अन्य खेलाडीहरु जो नेपालमै खेलिरहेका छन्, ति खेलाडी समेटेर उनले टिम बनाएका थिए। त्यसो त एनआरएनएको टिमबाट खेल्नका लागि एनआरएनएको सदस्य भएको हुनुपर्ने एनआरएनएकै नियमावालीमा छ। साथै १८० दिन वा सोभन्दा धेरै विदेशमा बसेको हुनुपर्ने पनि नियमावलीमा उल्लेख छ। तर जुन खेलाडी एनआरएनएले परिवर्तन गरेर राखेको छ ति खेलाडी नेपालमै बसेर नेपाली टिमबाट खेलिरहेका थिए।

‘हाम्रो लेटर प्याडमा नयाँ नामावली लिएर खलकुद परिषदमा गएँ। संयोजक हिमाल राज दाहालले नयाँ खेलाडी प्रमाणिकरण गरिदिएका थिए। राष्ट्रिय खेलकुद परिषद्को खेलाडी दर्ता गराउने निर्देशिका अनुसार १२ नम्बर बुँदालाई टेकेर कुनै खेलाडी खेलाडी दर्ता गराएको हो,’ कार्कीले भनेका थिए।

उनले अगाडि भने, ‘नेपालमै रहेका केही खेलाडीलाई लियौँ। उनीहरु कुनै प्रदेश र कुनै विभागबाट पनि खेलमा समावेश भएका थिएनन्। हामीले प्लेटफर्म दिएका थियौँ।’ आफ्नै नियम मिचेर एनआरएनए खेलाडी दर्ता गर्न सफल भयो। यो पनि त नियम विपरित भयो नि होइन र ? ‘टाढाबाट हामी सहयोग गर्नका लागि खेलकुदमा भाग लिन आएको हो। रोजगारीमा गएका सबै साथीलाई मैले समेटेर ल्याएको हो। हामीले खेलबाटै विथड्र गर्नुभन्दा नेपालमै भएर पनि खेल्न नपाएका साथीहरुलाई ल्याएको हो,’ जवाफमा कार्कीले भने। 

एनआरएनएका टिम म्यानेजर सन्तोष कार्की।
एनआरएनएले नियम मिचेर ति खेलाडी थपेर राखेपमा दर्ता गर्न गयो। कार्कीकै अनुसार दर्ता शाखामा रहेका संयोजक हिमाल राज दाहालले सहजै दर्ता गरिदिए। उनले पनि नियमबारे चासो राखेनन्। प्रदेश १ को टिम त नवौं खेलकुदको आयोजकले स्विकारिसकेकै थियो।

यसरी राष्ट्रिय खेलकुदका लागि टिम बन्यो। तर, असोजको २७ गते पोखरामा फुटबलको खेल सुरु हुँदा पहिलो खेलमा नै एनआरएनएको टिमले प्रदेश १ लाई आफ्नो प्रतिस्पर्धिको रुपमा पायो। अचम्म यो थियो कि प्रदेश १ कै आठ खेलाडी चाहिँ एनआरएनएको टिममा थिए।

अनि विवाद सुरु भयो। खेल समयमै सुरु हुन सकेन। केहि समय विवाद भएपछि जसोतसो खेल सुरु भयो। एनआरएनएका विमल र संजोक राईले गोल गरेपछि प्रदेश १ २–० ले पराजित भयो। त्यसो त खेलाडी भेला गरेर पनि एनआरएनएले राम्रै टिमको निर्माण गरेको थियो।

‘मैले बुझेअनुसार राष्ट्रिय टिमका साथीहरुलाई टिममा समेटेको हो,’ कार्कीले भने। पहिलो खेलमै हार बेहोरेपछि आफूविरुद्ध खेलेका आफ्नै खेलाडीको प्रशंगलाई लिएर प्रदेश १ ले एनआरएविरुद्ध राखेपमा अपिल गरेको छ। त्यो अपिल गरेपछि अहिले राखेपकै दर्ता शाखा संयोजक दाहालले त्यो अपिललाई सदर गरिदिएका छन्। पहिले आफैंले गरेको निर्णयलाई बदर गरेर खेलकुद आयोजकले नै गैरजिम्मेवारी व्यवहार गरेको दाबी गरेका छन्।

उनले भने, ‘हामीले त खेल्न नपाएको खेलाडीलाई प्लेटफर्म दिएको हो। त्यसो हुँदा हामीलाई सम्मान गर्नका बाबजुद प्रोटेस्ट गरिएको छ,’ कार्कीको प्रश्न छ, ‘हामीले खेलकुद सफल पार्नका लागि गरिएको प्रयास मात्र थियो। कसको दोष हो ? यसको जवाफ हामी माग गरेका छौं।’

अहिले एनआरएनएसँग टिम पुग्ने अवस्था छैन। ‘हामीसँग ११ जना छन्। दुई खेलाडीलाई चोट लागेको छ। हाम्रो नेपाली खेलाडी नै खेलाउने योजना थिएन। तर बाध्यतावश खेलाउनु परेको छ,’ कार्कीले भने, ‘निर्देशिका अनुसार नै मैले खेलाडी खेल्न पाउनुपर्छ भन्ने मेरो माग हो।’

यो खेलकुदमा राखेपले राम्रो विधि विधान बनाउन नसक्दा टिमहरुले मनपरि गरिरहेका छन्। एनआरएनएका बाँकी खेलका केही खेलाडीले पनि प्रतियोगितामा सहभागीता जनाएका छैनन्। यता एनआरएनएले चाहिँ विभिन्न विभागीय टिमहरुले सम्झौता गरेर खेलाडी ल्याउन पाउने कुरा सम्झाउँदै आफूले पनि त्यहि नियम पालना गरेको बताएका छन्।

उनले खेलाडीसँग गरिएको सम्झौता देखाउँदै भने, ‘हामीले विदेशमा भएका खेलाडी किन आउन पाएनन् भनेर पाएको मेल पनि राखेपमा देखाएका छौं। र, नेपालमा रहेका खलाडीहरुसँग सम्झौता पनि गरेका छौं। राखेपले फोटो र पासपोर्टको फोटोकपी माग गरेकोमा हामीले त्यो पनि दिएका छौं।’

यसकारण आफूले सबै विधि पूरा गरेको र खेल्न पाउनु पर्ने माग एनआरएनए टिमको रहेको छ। यस्ता विषयहरुमा राखेपले ध्यान दिन नसक्दा खेलकुद विवादित बन्दै गएको छ। 

प्रकाशित: Oct 15, 2022| 19:47 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।