आइतबार, मंसिर ७, २०८२

निशाले बनाएको कीर्तिमान दुई घण्टामै तोडिन सरस्वतीले

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

National life

सोही विधामा स्वर्ण जितेकी सरस्वतीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। 

सय मिटर दौडमै शनिबार बिहान हिट चरणमा लुम्बिनीकी निशा चौधरीले रेकर्ड बनाएकी थिइन्। तर टोक्यो ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले दुई घण्टामै नयाँ कीर्तिमान बनाइहालिन्।

सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन्।

हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन्। तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले उनले रजत पदक जितिन्।

Laxmi sunrise bank
kumari

आर्मीकी रमिता थारुले कास्य जितिन्। सरस्वतीले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेकी थिइन्।


प्रकाशित: Oct 15, 2022| 16:09 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।