मंगलबार, साउन १९, २०८३

रञ्जु दर्शनाले सार्वजनिक गरिन् घोषणापत्र (पूर्णपाठ)

काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं-  काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्। 

घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन्। उनले आफूले चुनाव जितेमा संसद्‌का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता गरेकी छन्।

उनले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन्। 

यो क्षेत्रबाट सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदी पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेल चुनावी मैदानमा छन्। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध रञ्‍जुले उम्मेदवारी दिएकी हुन्। यसअघि उनले २०७४ सालको निर्वाचनमा काठमाडौं उपमेयरमा विवेकशील साझाको तर्फबाट उम्मेदवारी दिएकी थिइन्। 

घोषणापत्रको पूर्णपाठ:


 



प्रकाशित: Oct 15, 2022| 17:48 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...