मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीमा रा.७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशब डाँगीको छोरा ४ वर्षीय स्मार्ट डाँगीको शुक्रबार दिउँसो मृत्यु भएको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- देशभरका विभिन्‍न स्थानमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले जारी गरेको दैनिक बुलेटिन अनुसार दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीमा रा.७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशब डाँगीको छोरा ४ वर्षीय स्मार्ट डाँगीको शुक्रबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

स्याङ्जा, गल्याङ नगरपालिका-१ रातामाटेमा ग.३ च १४०३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर  शुक्रबार साँझ दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा, वीरगंज महानगरपालिका-२५ ड्राइपोर्ट गेट अगाडि सडकमा ना.५ ख २२६१  नम्बरको ट्रकले प्रदेश २-०३-०२० प ८७९९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भई वीरगंज महानगरपालिका-२३ सबैठवा बस्ने ३० वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, भद्रपुर नगरपालिका-७ बासोलाल चोकमा हाल नम्बर नखुलेको मोटरसाइकलले साइकललाई शुक्रबार राति ठक्कर दिँदा साइकलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम साई पाथिभरा अस्पताल भद्रपुर हुँदै विएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भऐको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। 

बारा, महागढीमाई नगरपालिका-८ थलही पुलमा बीआर ०५ एइ १८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत छौडादानो पिपरा बस्ने ४५ वर्षीय जमोदिन मियाँको शुक्रबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 


प्रकाशित: Oct 15, 2022| 18:10 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।