मंगलबार, फागुन १९, २०८२

पौडीमा कीर्तिमान सुधारसँगै नासिरले जिते स्वर्ण

त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्।

नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्‍न १३ औं दक्षिण एसियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्।

यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन्। दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए।

सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए। उनले रजत पदक प्राप्त गरे। तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे।


kumari

यस्तै पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छन्।

उनले २०० मिटर ब्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगञ्‍जमा सम्पन्‍न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनेट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन्।

यो उनले हिट चरणमा कायम गरेको समय हो।


प्रकाशित: Oct 15, 2022| 16:18 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।