आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुद : डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

नवौं राष्ट्रिय खेलकुद : डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन्।

National life

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी रहेको डाउनहिल १ मिनेट ४९‍.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन्। त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पुरा गर्दै रजत र एपीएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि कास्य पदक जि‍त्‍न सफल भएका छन्।

यता महिलातर्फ पनि सोही दूरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी छिन्। रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्‍न सफल भइन्। खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पूरा गरेकी थिइन्। त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दूरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्‍न सफल भइन्।

आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १-१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १÷१ कास्य पदक जित्‍न सफल भए।

सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ। भोली (आइतबार) पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 15, 2022| 20:21 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।