मंगलबार, फागुन १९, २०८२

महिला हक्कीमा आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुदको महिला हक्की विधाअन्र्तगत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ। खेलमा आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुदको महिला हक्की विधाअन्तर्गत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ। खेलमा आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो।

खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन्। खेलको पहिलो मिनेटमै सुनिताले गोल गरेकी थिइन्। त्यस्तै खेलको १४ औं मिनेटमा आर्मीका सीतामाया बलले गोल गरिन्।

खेलको दोस्रो क्वाटरमा आर्मीले लगातार तीन गोल गर्न सफल भएको थियो। खेलको २७ औं मिनेटमा सरस्वती तामाङ, २८ मिनेटमा सीता कुमारी चौधरी र २९  मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए।

खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि एक गोल गर्न सफल भएकी थिइन्। ४० मिनेटमा सुनिताले गोल गर्दै आर्मीको लागि अंक बढाएकी छन्।

यस्तै अन्तिम क्वाटरमा आर्मीले दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो। ४८ मिनेटमा सरस्वती तामाङ र ५४ मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए। अब  दोस्रो खेल सुदूरपश्चिम र मधेस प्रदेशबीच हुँदैछ। 

kumari


प्रकाशित: Oct 15, 2022| 16:22 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।