पोखरामा जारी प्रतियोगितामा हालसम्म ७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३ स्वर्ण, २७ रजत र २१ काँस्यसहित ८६ पदक जित्दै शीर्ष स्थान कायम गरेको हो।
०७४ को निर्वाचनमा ६७५ मतान्तरले जितेका लालबाबु पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित शेखर कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र...
१८ कात्तिकअघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि निर्वाचन प्रचार–प्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पष्ट व्यवस्था रहेकाले त्यसलाई पालना गर्न दलहरूलाई आयोगको आग्रह।
'म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएकी छु, अहिले पनि तनहुँमा मेरा आफन्त हुनुहुन्छ,' उनले भनिन्, 'आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ।'
गत साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँले निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता ६२ करोड रुपैयाँले मात्र कर्जा प्रवाह भएको देखिन्छ।
जतिबेला कृष्णकुमार श्रेष्ठ ‘किसान’ व्यवसाय गर्न बारा आएका थिए, त्यतिबेला इच्छाबहादुर वाग्ले व्यावसायिक रुपमा सिमरामा स्थापित हुने तरखरमा थिए। ओखलढुंगाका वाग्ले र तनहुँका श्रेष्ठ दुवै सिमरामा रियलस्टेट र होटल व्यवसायीका...