शनिबार, असार ६, २०८३

१८ कात्तिकअघि चुनावी प्रचार गरे उम्मेदवारी खारेज : निर्वाचन आयोग

१८ कात्तिकअघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि निर्वाचन प्रचार–प्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पष्ट व्यवस्था रहेकाले त्यसलाई पालना गर्न दलहरूलाई आयोगको आग्रह।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत १८ कात्तिकअघि निर्वाचन प्रचार–प्रसार गरेको फेला परे त्यस्ता उम्मेदवारको मनोनयन खारेज गरिने बताएको छ।

National life

आयोगले कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी परेका र त्यस्ता उजुरीमाथि सूक्ष्म अध्ययन गरिरहेको बताएको  छ। त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयनै खारेज गर्न सकिने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देशमार्फत १८ कात्तिकअघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि निर्वाचन प्रचार–प्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताए।

‘राजनीतिक दलका प्रतिनिधिसमेतको सहभागितामा बनेको निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिनअगावै अर्थात् १८ कात्तिकबाट मात्रै निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ भनेको छ’, आयुक्त भण्डारीले भनेका छन्, ‘त्योभन्दा अगाडि निर्वाचन प्रचार–प्रसार गर्ने क्रियाकलाप गर्न पाइँदैन भन्ने दलहरूलाई राम्रोसँग जानकारी छ।’

१८ कात्तिकअघि घरदैलो गर्न भने छुट रहेको आयोगले जनाएको छ। तर त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ बढी जान पाइने छैन। ‘घरदैलोमा २५ जना जाँदा पनि कुनै बाजागाजा वा तामझाम गरेर जान पाइँदैन। हामी हेरिरहेका छौं, बुझिरहेका छौं, देखिरहेका छौं। थुप्रै ठाउँबाट घरदैलो गर्न जाने सन्दर्भमा उहाँहरू बढी तामझाम गरेर जानुभएको छ’, आयुक्त भण्डारीले भनेका छन्, ‘बाजागाजा बजाइदिनुभयो, नाचगान गर्नुभयो र उहाँहरूले भोजभतेर सुरु गर्नुभएको छ भनेर उजुरी परेका छन्। ती उजुरी आयोगले मसिनो गरी छानबिन गरिरहेको छ।’

Shivam cement

उजुरी परेपछि धेरैलाई स्पष्टीकरण सोधिएको र त्यस्ता उजुरीमाथि स्थानीय स्तरमा निर्वाचन अधिकृतले कारबाही गरे/नगरेको आयोगले हेरिरहेको उनले बताए। ‘स्थानीय अधिकृतले कारबाही गर्नुभयो ठीकै हो। यदि त्यहाँबाट कारबाही भएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गनुपर्ने हुन्छ’, भण्डारीले भने।

आयोगले सबै राजनीतिक दलका उम्मेदवारलाई अहिले घरदैलोसम्म गर्न  आचारसंहिताले छुट दिए पनि त्यस प्रयोजनका लागि निश्चित सीमा निर्धारण गरेकाले त्यसैभित्र रहन भनेको छ। ‘जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन। आचारसंहिता अध्ययन गरिदिनुस्, आचारसंहिताको परिधिभित्र बसिदिनुस् र त्यो परिधिभित्र बसेर कानुनले सजाय नपाउने गरी घरदैलो गरिदिनुस् भनेर आयोगले आग्रह गरेको छ’, आयुक्त भण्डारीले भने।

आयोगसँग भएको प्रमाण र उम्मेदवारले पेस गरेको प्रमाण मेल खाए वा पुष्टि नभए उहाँहरू कारबाहीको भागीदार उनले जानकारी दिए। ‘उहाँहरूको मनोनयन–पत्र खारेज पनि हुन सक्छ’, भण्डारीले भने, ‘आयोगले आचारसंहिता पालना गर्ने सवालमा कुनै पनि कसर बाँकी राखेको छैन।’

प्रकाशित: Oct 17, 2022| 15:16 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...