शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकमा बढ्न थाल्यो निक्षेप, गत साता ८ अर्ब १८ करोडले वृद्धि

वाणिज्य बैंकमा बढ्न थाल्यो निक्षेप, गत साता ८ अर्ब १८ करोडले वृद्धि

गत साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँले निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता ६२ करोड रुपैयाँले मात्र कर्जा प्रवाह भएको देखिन्छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– गत साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँले निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता ६२ करोड रुपैयाँले मात्र कर्जा प्रवाह भएको देखिन्छ। 

National life

अघिल्लो साता भने वाणिज्य बैंकहरूको निक्षेप ७ अर्ब ९९ करोड रुपैयाँले घटेको थियो भने ४ अर्ब ७२ करोड रुपैयाँले कर्जा घटेको थियो। 

असोज पहिलो र दोस्रो साता वाणिज्य बैंकहरूमा निक्षेप क्रमशः २६ अर्ब १४ करोड र ७ अर्ब ३१ करोड रुपैयाँले र ४ अर्ब र ३ अर्ब ७० लाख रुपैयाँले कर्जा प्रवाह बढेको संघले जनाएको छ। 

वाणिज्य बैंकहरूले असोज पहिलो सातादेखि निक्षेपको ब्याजदर बढाएर १२.१३३ प्रतिशत पु¥याएका छन्। तर निक्षेप सोचेजति नबढेपछि कात्तिकमा वाणिज्य बैंकहरूले व्याजदर नबढाउने भएका हुन्। 

राष्ट्र बैंकले प्रत्येक महिना अघिल्लो महिनाको ब्याजमा १० प्रतिशतले बढाएर व्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरे पनि निक्षेपमा वृद्धि नभएपछि वाणिज्य बैंकहरूले कात्तिकमा ब्याजदर नबढाउने सहमति गरेका हुन्।

Shivam cement

प्रकाशित: Oct 17, 2022| 13:30 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्