शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि मन्त्रालयले तयार गर्‍यो आत्मनिर्भरता कार्यक्रमको कार्यविधि

कृषि मन्त्रालयले तयार गर्‍यो आत्मनिर्भरता कार्यक्रमको कार्यविधि

कार्यविधिमा धान, मकै, दूध, बाख्रा, तरकारीलगायत उत्पादन वृद्धिमा जोड दिइएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ सञ्चालन कार्यविधि तयार पारेको बताएको छ। यो कार्यविधिलाई अर्थ मन्त्रालयले स्वीकृति दिन बाँकी छ । 

National life

कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन’ कार्यक्रम तिहारपछि कार्यान्वयनमा आउने बताए।

यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा १० अर्ब छुट्याइएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश सञ्जेलले स्थानीय तहमार्फत सञ्चालन गर्ने गरी कार्यक्रम तथा कार्यविधि तयार भएको जानकारी दिए। 

‘जुन खाद्यवस्तुको आयात बढी हुन्छ, ती खाद्यवस्तुको उत्पादनमा जोड दिने गरी कार्यक्रम तयार भएको छ। धान, मकै, दूध, बाख्रा, तरकारीलगायत उत्पादन वृद्धिमा जोड दिइएको छ। चैते धान उत्पादनमा जोड दिइएको छ। चैते धान खेतीको क्षेत्रफल वृद्धि गर्ने गरी कार्यक्रम तयार भएको छ’, सहसचिव मिश्रले भने। 

दाना उद्योगसँग जोडेर मकै उत्पादनमा जोड दिने गरी कार्यक्रम तयारी गरिएको सहसचिव मिश्रले जानकारी दिए। दूध र दुग्धजन्य वस्तु उत्पादनका लागि नयाँ जातका गाईभैंसीको विकास गर्नुका साथै दूध संकलन केन्द्रको विकास तथा विस्तार गर्ने कार्यक्रम कार्यविधिमा समेटिएको छ।

Shivam cement

स्थानीय तहमार्फत सञ्चालन हुने आत्मनिर्भर कार्यक्रमको अनुगमन तथा मूल्यांकन सङ्घीय कृषि मन्त्रालयले गर्नेछ। कृषि मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार केन्द्रमा कृषि मन्त्रालयका सचिवको नेतृत्वमा  निर्देशक समिति रहनेछ। 


प्रकाशित: Oct 17, 2022| 13:20 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्