सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्। सोमबार ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।

National life

उनले सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए। उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताए। 

उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे। प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए। 

उनले भने, ‘सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसकेमात्रै कुनै पनि संगठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ। प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु। नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ।'

नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गरी जान आवश्यक रहेको उनी बताउँछन्। यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई उनले निर्देशन दिए।

Shivam cement

प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: Oct 17, 2022| 12:54 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...