सोमबार, भदौ १५, २०८३

नवौं राष्ट्रिय खेलकुद : स्क्वासमा अमृतले जिते स्वर्ण

थापा मगरले बागमतीका अह्रान्त सिंहालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकीका अमृत थापा मगरले स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण जितेका छन्। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापा मगरले बागमतीका अह्रान्त सिंहालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन्। यो जितसँगै थापा मगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जितेका हुन्।

उनले सातौं, आठौंमा समेत स्वर्ण जितेका थिए। खेलमा थापाले १२–१० मा लिँदै अगाडि बढे। दोस्रो सेटमा ११ ले गुमाए। तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे। तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११ अंक ले लिँदै स्वर्ण जिते।

दोस्रो पटक हार बेहोरेका सिंहाले रजत पदक प्राप्त गरे भने बागमतीका अमीर ब्लोन र गण्डकीका दीपक थापाले कास्य जिते। पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए। उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशका गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ।

प्रकाशित: Oct 17, 2022| 16:01 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।