बुधबार, असार ३, २०८३

गठबन्धनको बैठकमा बागी उम्मेदवारबारे छलफल हुने

सोमबार दिउँसो ३ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा बागी उम्मेदवारको विषयमा छलफल हुने भएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- सोमबार दिउँसो ३ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा बागी उम्मेदवारको विषयमा छलफल हुने भएको छ।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बैठकमा शीर्ष नेताहरूले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरूलाई छानविन गरी कारबाही गर्ने विषयमा छलफल हुने छ।

प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई फिर्ता गर्न निर्देशन दिए पनि कतिपयले फिर्ता नलिएकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए। 

बैठकमा सहभागी गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने तयारी छ।

प्रकाशित: Oct 17, 2022| 13:42 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...