आइतबार, साउन १७, २०८३

प्रकाशमान सिंहले गरे चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक

काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ नारासहित चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ नारासहित चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्। 

सिंहको प्रतिबद्धता–पत्रमा प्रतिनिधिसभामा उपस्थित रही जनता र राष्ट्रका पक्षमा आवाज बुलन्द गर्ने, नीतिगत रूपमा विधायन कार्यमा सक्रियतापूर्वक जनता हित अनुकूल कानुन बनाउने, संवैधानिक सर्वोच्चता कायम गर्दै सविधानका माथि उल्लिखित चार खम्बालाई मजबुत पार्ने, संघबाट प्राप्त हुने रोजगारी, सेवा–सुविधालाई स्वस्थ प्रतिस्पर्धाको आधारमा उपलब्ध गराउने, गत पाँच वर्षमा गर्न नसकिएको निजामती कर्मचारी र प्रहरी समायोजन, नागरिकता, शिक्षा, स्वास्थ्यसम्बन्धी अत्यावश्यक विधेयकलाई समयतालिका बनाई पारित गर्न प्रयत्नशील रहने भनिएको छ।

यस्तै, सिंहले अर्थतन्त्रका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न लागिपर्ने, सुशासन, सदाचारको पक्षमा अडिग रहने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने, महिलालाई सशक्तीकरण गर्न सीपमूलक तालिम व्यवस्था गर्नेलगायत उल्लेख गरेका छन्। 

नेता सिंहले ‘सिंहदरबारको अधिकार गाउँमा’ लैजाने नाराका आधारमा वर्तमान गठबन्धनले काम गर्ने बताए। उनले ४ मंसिरमा हुने आमनिर्वाचनमा गठबन्धनकै तर्फबाट संविधानलाई ट्रयाकमा लैजाने, संविधान कार्यान्वयन गर्नेलगायत काम हुने सुनाए।

प्रकाशित: Oct 17, 2022| 15:41 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...