आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एथ्लेटिक्स ट्र्याक इभेन्ट : जयरानीलाई दोस्रो स्वर्ण, जीवन र दुर्गले जिते पहिलो

एथ्लेटिक्स ट्र्याक इभेन्ट : जयरानीलाई दोस्रो स्वर्ण, जीवन र दुर्गले जिते पहिलो

पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण जितेको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ट्र्याक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ। पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण जितेको हो। 

National life

११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पार गरे। नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जिते। आर्मीकै रामप्रसाद थारूले १९ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जिते।

सय मिटर हडल्स महिलामा आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन्। उनले सय मिटर दूरी १५.६९ सेकेन्डमा पूरा गरिन्। आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारिन्। एपीएफकी भगीरथीकुमारी थारूले १९.१३ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन्। 

३ हजार मिटर स्टिबल चेजमा कर्णालीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते। उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दूरी पार गरे। अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। त्रिभुवन आर्मीका सुवास कार्कीले काँस्य पदक प्राप्त गरे। उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरेका थिए। 

प्रकाशित: Oct 17, 2022| 16:00 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।