सोमबार, असार १, २०८३

माओवादी निष्कासनमा परे बागी, प्रस्तावक र समर्थक

निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका नेकपाका नेता, कार्यकर्ता माओवादीबाट निष्कासन।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीका मुख्यसचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता उम्मेदवारलाई कारबाही गरिएको बताएका हुन्। 

बागी उम्मेदवारले पार्टी एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धतासहित ३१ असोज २०७९ भित्र सार्वजनिक वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निस्क्रिय गराए बागी उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकमाथि कारबाही फिर्ता लिइने जनाइएको छ। 

‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको कारबाही गरिएको अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टी एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धतासहित ३१ असोज २०७९ भित्र सार्वजनिक वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निस्क्रिय गराए त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपर कारबाही फिर्ता लिइने व्यहोरा सबै पार्टी पंक्तिलाई जनाकारीका लागि निर्देशनअनुसार अनुरोध छ।’

प्रकाशित: Oct 17, 2022| 14:25 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...