शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पाँच सय ६२ छ। नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अर्थशास्त्री एवं कांग्रेस नेता डा. स्वर्णीम वाग्लेलगायतले थापाको पुस्तक सार्वजनिक गरेका हुन्।
हाम्रो आवाज बुलन्द हुन्छ। यसअघिका जनप्रतिनिधिले जसरी जनतालाई सिँढी बनाएर गए। हाम्रो काँधमा उक्लिएर उनीहरु महलमा बसे। यो पटक हाम्रो आवाज रेखाले त्यहाँसम्म पुर्याउँछे भन्ने विश्वास छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने भएको छ।
४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो।
बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक रहेको बताएका हुन्।
सेनेगलको फुटबल इतिहासमा अहिलेको टिम सबैभन्दा उत्कृष्ट खेलाडीले भरिएको टिम हो। सेनेगलका फुटबल खेलाडीले अहिले युरोपियन व्यावसायिक फुटबलमा राम्रो स्थान बनाइरहेका छन्।