आइतबार, असार ७, २०८३

ठूला योजना उम्मेदवारका प्रतिबद्धता

मतदातालाई आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरू आफ्ना भावी योजना र प्रतिबद्धतासहित प्रचारप्रसारमा जुटेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

त्रिवेणी- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसारका गतिविधि बढाउँदै लगेका छन्। मतदातालाई आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरू आफ्ना भावी योजना र प्रतिबद्धतासहित प्रचारप्रसारमा जुटेका छन्। 

National life

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताका घरघरमा पुगिरहेका छन्। दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन रहेको नवलपुरमा सबै क्षेत्रमा गठबन्धन र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

यस बीचमा उम्मेदवारहरूको प्रतिबद्धतामा जिल्लाका ठूला योजना पर्ने गरेका छन्। दलहरूको प्रतिबद्धतामा जिल्लाको नमूना सदरमुकामदेखि नारायणी नदी तटबन्धन, मेडिकल कलेज स्थापनादेखि ट्रमा सेन्टर स्थापनासम्मका योजना सम्म लाई अगाडी सारेका छन्। 

नवलपुर संघीय क्षेत्र नं १ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू कांग्रेसबाट डा शशांक कोइराला र एमालेका कृष्ण पौडेलले मतदातासमक्ष समान जस्ता योजना पूरा गर्ने प्रतिवद्धता गर्दै आएका छन्।  

यहाँ नारायणी तटबन्धन, ट्रमा सेन्टर स्थापना, कृषिमा सिँचाइका साथै पहाडी क्षेत्रको मुख्य सडक निर्माण आफ्नो प्राथमिकतामा रहेको उम्मेदवारहरूले बताउँदै आएका छन्। रोजगार सिर्जना गर्नका लागि अद्योगिक क्षेत्र स्थापनासमेत उम्मेदवारहरूको प्रतिबद्धतामा पर्ने गरेका छन्। 

Shivam cement

जिल्लाको संघीय क्षेत्र नं २ का उम्मेदवारसमेत विभिन्न योजना आफ्नो प्रतिबद्धतामा व्यक्त गर्दै आएका छन्। मतदातासमक्ष आफ्ना योजना पुर्‍याउने क्रममा उम्मेदवारले आफ्ना प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्। 

यहाँ एमालेबाट तिलक मतह र कांग्रेसबाट विष्णुकुमार कार्की प्रतिस्पर्धामा रहेका छन्। नवलपुर-२, मा मुख्यगरी निर्माणका क्रममा रहेको नमूना सदरमुकामको काम सम्पन्न गर्ने दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

योसँगै यसै क्षेत्रमा रहेको धौबादी फलाम खानी उत्खननका लागि पहल गरी रोजगार सिर्जना गर्ने, डन्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने, नारायणीसहित यस क्षेत्रमा पर्ने खोलाहरू तटबन्धनसहित पहाडी क्षेत्रमा यातायातको सहज पहुँचका लागि बाटो स्तरोन्नति गर्ने यहाँका उम्मेदवारका योजना तथा प्रतिबद्धतामा पर्ने गरेका छन्। गण्डकी प्रदेशलाई भारतसँग जोड्ने सडकअन्तर्गत त्रिवेणी-दुम्किबास खण्ड निर्माणका योजनासमेत आफ्नो प्रतिबद्धता रहेको नेकपा उमालेका तर्फबाट यसै क्षेत्रका उम्मेदवार महतले बताए।  

जिल्लामा कृषि, उद्योग र पर्यटनका विषयसमेत दलहरूका ‘एजेन्डा’ बनेका छन्। 'सानातिना काम हामीले गर्दै जानेछौँ, जिल्लाका लागि अर्थ राख्ने मुख्य ठूला योजनाका लागि पहल र सहकार्य, साथै कृषि, उद्योग र पर्यटन विकास मेरो योजना छ', महतले भने। 

कृषि क्षेत्रमा लगानी र रोजगार सिर्जना गर्ने खालका उद्योग स्थापनाका साथै देवघाट-त्रिवेणी वैकल्पिक बाटो आफ्नो योजना तथा प्राथमिकतामा रहेको नवलपुर-१ का उम्मेदवार डा शशांक कोइरालाले बताए। 'मेरो योजना नारायणी नदी तटबन्धनसँगै देवघाट-त्रिवेणी वैकल्पिक बाटो निर्माण गर्नेछ, यसले बाढी नियन्त्रणसँगै वन्यजन्तु बस्तीमा पस्ने समस्या रोक्नसमेत सहयोग पुग्छ', डा कोइरालाले भने।  

यहाँका सबै क्षेत्रका उम्मेदवारको अर्को मुख्य प्रतिबद्धतामा भूमिहीनहरूलाई पुर्जा वितरण गर्नेुपर्ने छ। जिल्लामा भूमिहीन सुकुम्वासीको समस्या धेरै रहेकाले यसका लागि पहल गर्ने सबैजसो उम्मेदवारको प्रतिबद्धतामा पर्ने गरेको छ।   -रासस

प्रकाशित: Nov 05, 2022| 15:07 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...