बुधबार, पुस १६, २०८२

एमालेको प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

नेकपा एमाले प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

विराटनगर– नेकपा एमाले प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। प्रतिबद्धतापत्र आज विराटनगरमा सार्वजनिक गरिएको हो। 

National life

पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतको उपस्थितिमा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो। 

एक नम्बर प्रदेशको वस्तुगत अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ। प्रतिबद्धतापत्रमा प्रदेश १ लाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्ने लगायतका विषयहरु प्राथमिकतामा राखिएको प्रदेश कमिटीका अध्यक्ष न्यौपानेले बताए। प्रतिवद्धता पत्रमा प्रदेश १ लाई मुलुकमा प्रवेश गर्ने द्वारका रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ।

त्यसका लागि विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बंगलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ। 

गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले शुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायतका विषयहरु प्रतिवद्धतापत्रमा समेटिएको छ। संघीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने,  हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेहरूका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिनेजस्ता विशेष महत्वका कार्ययोजनाहरू प्रदेशको प्रतिवद्धतापत्रमा समेटिएको छ। आज सार्वजनिक प्रतिवद्धतापत्र प्रदेशका आम मतदाताबीच पुर्याइने एमाले प्रदेश १ कमिटीका अध्यक्ष न्यौपानेले बताए।

Laxmi sunrise bank

प्रकाशित: Nov 05, 2022| 17:07 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।