आइतबार, असार ७, २०८३

आगामी निर्वाचन : स्वतन्त्रसहित दलहरूको प्रचारप्रसार तीव्र

स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्। मतदाताका घर आँगनमा पुगेर उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन्। 

National life

यसै क्रममा काठमाडौँको क्षेत्र नं ९ का उम्मेदवारले पनि मतदातासँग मत मागिरहेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  सो क्षेत्रका उम्मेदवार कल्पना धमला र प्रदेशसभातर्फ २ का उम्मेदवार श्यामकृष्ण खड्काले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकमा मतदातासँग मत मागेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनको महिला परिचालन तथा समन्वय समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक वडास्तरीय महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार धमलाले संविधानको रक्षा र विकास तथा समृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ आफूहरू निर्वाचनको मैदानमा उत्रिएको बताए।

उनले जनताको मतको दुरुपयोग नगर्ने, संविधानविपरीत गएर कुनै पनि काम नगर्ने, भ्रष्टाचार नगर्ने तथा जनताको दुःखसुखमा साथ दिने दृढता व्यक्त गरे। नेकपा (माओवादी केन्द्र) का नेत्रीसमेत रहेका उम्मेदवार धमलाले नेपाली जनताको शिर निहुराउने खालका कुनै पनि काम नगर्ने तथा आफू यही क्षेत्रको भएकाले कुनै अविश्वास नगर्न आग्रह गरे।

उम्मेदवार धमलाले ६० वर्ष पुगेपछि आफू कुनै पनि कार्यकारी पदमा नबस्ने उल्लेख गर्दै विपक्षी उम्मेदवारभन्दा आफूले देश र जनताका पक्षमा धेरै सङ्घर्ष गरेको कुरा मतदाताले जानकारी पाएको बताए।

Shivam cement

कार्यक्रममा प्रदेशसभातर्फ २ का उम्मेदवार खड्काले वाम लोकतान्त्रिक गठबन्धनले मुलुकको दिगो हित र दीर्घकालीन लक्ष्य राखेकाले पराजित हुने छुट नभएको बताए। सो अवसरमा गठबन्धनका उम्मेदवारले सडक, पर्यटन तथा सीपमूलक रोजगारी तथा उद्यमशीलताको विकासका सन्दर्भमा आआफ्ना एजेण्डा प्रस्तुत गरेका थिए। सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन्।

प्रकाशित: Nov 05, 2022| 19:10 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...