शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्वर्णीम समयमा विश्वकप खेल्दै सेनेगल

सेनेगलको फुटबल इतिहासमा अहिलेको टिम सबैभन्दा उत्‍कृष्ट खेलाडीले भरिएको टिम हो। सेनेगलका फुटबल खेलाडीले अहिले युरोपियन व्यावसायिक फुटबलमा राम्रो स्थान बनाइरहेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं-  स्टार फरवार्ड मोहमद सलाहको टिम इजिप्टलाई फाइनलमा पराजित गर्दै लिभरपुलकै अर्का स्टार साडियो मानेले सेनेगललाई विश्वकपमा स्थान सुरक्षित गराए। यो सेनेगल त्यही टिम हो जसले अघिल्लो वर्ष इजिप्टलाई हराएर अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो। यस्तो प्रदर्शनबाट स्वाभाविक रुपमा सेनेगललाई अफ्रिकाको सबैभन्दा बलियो टोली मान्न सकिन्छ।

himalayan bank box

तर सेनेगलका मुख्य खेलाडीसमेत रहेका मानेलाई भने यस्तो लाग्दैन। यो सिजन जर्मन क्लब बायर्नबाट खेलिरहेका माने तुलनात्मक रुपमा सेनेगल अझै पनि कमजोर रहेको बताउँछन्। अफ्रिकन मिडियासँगको कुराकानीका क्रममा उनले भनेका छन्, ʻअफ्रिकन च्याम्पियन त भयौं जसले गर्दा स्वतः विश्वकपमा पुग्‍यौँ। तर मलाई लाग्दैन कि विश्वकप जित्न सक्छौं। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इङ्ग्ल्यान्ड र जर्मनीजस्ता टिमहरु नै प्रतियोगिताको वास्तविक दाबेदार हुन्। तर पछिल्लो समय हाम्रो टिम लयमा छ। त्यसैले विश्वकपमा ठूलो प्रभाव पार्ने लक्ष्यमा छौं।ʼ

सेनेगलको स्वर्णीम युग 
सेनेगलको फुटबल इतिहासमा अहिलेको टिम सबैभन्दा उत्‍कृष्ट खेलाडीले भरिएको टिम हो। सेनेगलका फुटबल खेलाडीले अहिले युरोपियन व्यावसायिक फुटबलमा राम्रो स्थान बनाइरहेका छन्। साडियो मानेकै कुरा गर्दा पनि व्यावसायिक फुटबलमा लोकप्रियताको शिखरमा छन्। इङ्ग्लिस क्लब लिभरपुलबाट जर्मन च्याम्पियन बायर्न म्युनिख गएका उनी बालोन डी ओरको दाबेदार थिए। भर्खरैमात्र उनलाई अफ्रिकन प्लेयर अफ द इयर अवार्डबाट सम्मानित गरियो।

सेनेगलका कप्तान कालिडोउ काउबेली र गोलकिपर इडुवार्ड मेन्डी प्रिमियर लिगमा उत्कृष्ट लयमा देखिएका छन्। सन् २०२०/२१ को च्याम्पियन्स लिग चेल्सीले जित्दा यी दुई खेलाडीको भूमिका उल्लेखनीय छ। मेन्डीलाई त प्रिमियर लिग, च्याम्पियन्स लिगमा मात्रै नभई यूईएफएले सन् २०२०/२१ को उत्कृष्ट गोलकिपरको अवार्ड दिइएको थियो।

इड्रिसा गुये, स्मालिया सार, अडोउ डियालोजस्ता खेलाडीलाई त युरोपका ठूला क्लबहरुले भित्र्याउन चाहन्छन्। धेरै स्टार खेलाडीको साथमा सेनेगललाई विश्वकपमा इतिहास लेखाउने योभन्दा राम्रो मौका सायदै नआउला। सेनेगलका कप्तान काउबेली पनि यही स्टार खेलाडीका साथ विश्वकपमा इतिहास रच्न चाहेको बताउँछन्। भन्छ्न्, ʻटिममा स्टार खेलाडीहरु छन्। उनीहरु राष्ट्रका लागि केही गर्न चाहन्छन् जुन हामीले पनि आशा गरेको हो। विगत भन्दा फरक र मजबुद हाम्रो टिम छ। र, यही टिमले कतारमा इतिहास लेखेर फर्कनेछ।ʼ

Metro Mart
vianet

विश्वकप २००२ को सम्झना
अहिलेसम्म कुनै अफ्रिकन टिमले विश्वकप जित्न नसकेको सबैलाई थाहै छ। सन् २००२ विश्वकप बाहेक सेनेगलको विश्वकप इतिहास सम्झनलायक छैन। ब्राजिलले पछिल्लो पटक विश्वकप जितेको सिजन (फाइनलमा जर्मनीलाई २-०ले पराजित गर्दै) मा चाहिँ सेनेगलले क्वाटरफाइनलमा स्थान बनाएको थियो। स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको सेनेगल टर्कीसँग स्तब्ध भयो। यो संस्करणमा कुनै पनि अफ्रिकन टिम विश्वकपको क्वार्टरफाइनल पुगेको यो दोस्रो पटक थियो। यसअघि सन् १९९० क्यामरुनले पहिलो पटक यो उपलब्धि हासिल गरेको थियो।

सन् २००२ मा सबैभन्दा राम्रो प्रदर्शन गर्दा सेनेगलका प्रशिक्षक थिए एलिउ किसे। सन् २००२ पश्चात् टिम छाडेका उनले दशकपछि सेनेगलको टिममा पुनरागमन गरे। अहिले सेनेगलकै मुख्य प्रशिक्षकमा छन्। अट्याकिङ खेलाउन चाहने उनलाई सेनेगल इतिहासका सबैभन्दा सफल प्रशिक्षक मानिन्छ। सेनेगललाई अन्तर्राष्ट्रिय उपाधिदेखि यसपटकको विश्वकपमा छनोट गराउनुमा ठूलो योगदान उनको मानिएको छ।

किसेले यसपटक दुई दशकअघिको विश्वकपभन्दा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन्। उनले भनेका छन्, ʻहाम्रो टिम धेरै मजबुद भइसकेको छ। त्यसमाथि हामी अफ्रिकन च्याम्पियन पनि हौं, जसबाट हामीलाई अझ धेरै हौसला मिलेको छ। हाम्रो टिमले सन् २००२ मा गरेको प्रदर्शनभन्दा यसपटक राम्रो गर्नेछ। हामी विश्वकपमा धेरै  प्रभावशाली प्रदर्शन गर्न चाहन्छौं।ʼ

समूह चरण
प्रतियोगिताको समूह ʻएʼ मा रहेको सेनेगलसँगै आयोजक राष्ट्र कतार, नेदरल्यान्ड र इक्वेडर छन्। घरेलु फुटबल र विश्‍वकपमा विजेतासमेत भएका कारण नेदरल्यान्ड्स सबैभन्दा बलियो टिम देखिन्छ। यसैगरी आयोजक राष्ट्र कतारलाई घरेलु मैदानमा हराउन सहज छैन। इक्वेडर पनि बलियो अमेरिकन राष्ट्र हो। सन्तुलित समूहमा रहेको सेनेगललाई समूह चरण पार गर्न सहज छैन। प्रतियोगिताअन्तर्गत सेनेगलले आफ्नो पहिलो खेल नोभेम्बर २१ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। दोस्रो खेलमा नोभेम्बर २५ मा कतार र समूह चरणको अन्तिम खेल इक्वेडर विरुद्ध नोभेम्बर २९ मा खेल्नेछ।

सेनेगलको टिम
गोलकिपरः इडुवार्ड मेन्डी (चेल्सी), अल्फ्रेड गोमिज (स्टेड रेनिस), सेनी डिङ (र्‍याङ्गर्स)
डिफेन्डरः कालिडोउ काउबेली (कप्तान/चेल्सी), अडोउ डियालो (आरबी लाइप्जिक), इस्माइल जाकोभ्स (एएस मोनाको), फोडे बाल्लो (एसी मिलान), फोरमिस मेन्डी (अमेइन्स एससी), मेन्डी नामप्लेस (लेस्टर सिटी)
मिडफिल्डरः इड्रिसा गुये (आरबी लाइप्जिक),पाथे किस (रायो भ्यालेन्सिया), पेप गुये (मार्से), क्रेपिन दित्ता (एएस मोनाको), पापे माटर (टोटेनहम), नामप्लयस मेन्डी (लेस्टर सिटी)
अट्याकिङः साडियो माने (वायर्न म्युनिख), डेम्बा सिक (टोरिनो एफसी), निकोलस ज्याकसन, स्मालिया सार (वार्टफोड), बाम्बा डिङ (मार्से), बुला डिया (युएस सालेत्रेन्ता) र बाल्डे दियो (माल्कोभो)

-समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Nov 05, 2022| 16:25 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।