आइतबार, असार ७, २०८३

जसपा घोणापत्र : सञ्चार प्रणालीको विकास गर्न ठोस नीति तय गर्ने

४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले मुलुकको संघीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

National life

सो पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो।

जसपाले प्रकाशन र छापालाई जनता तथा राष्ट्रप्रति जिम्मेवार बनाउनुका साथै तिनीहरूको स्वतन्त्रताको प्रत्यभूति गर्दै रेडियो, टिभी, एफएम, टेलिफोन, इन्टरनेट, मोबाइलजस्ता विद्युतीय प्रविधिको गुणस्तरमा सुधार गर्न प्राथमिकता दिनुका साथै तिनीहरूलाई देशका सबै भूभाग तथा आम जनताको पहुँचमा पुर्‍याउने प्रतिबद्धता गरेको छ। 

‘विमानस्थल, अस्पताल, विद्यालय, प्रशासनिक केन्द्र, सभा, भवन आदि स्थानमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाइ) सुविधा उपलब्ध गराउने र जनताको सूचनाको हकको ग्यारेण्टी गर्ने, प्रेस स्वतन्त्रता प्रदान गर्ने र पीत पत्रकारितालाई निरूत्साहित गर्दै मर्यादित र जवाफदेही पत्रकारिताको विकास गर्न’, प्रतिबद्धतापत्रमा भनिएको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने, स्वतन्त्र र निष्पक्ष प्रेसको विकासमा सहयोग गर्ने तथा देशमा विद्यमान बहुल संस्कृतिको प्रवद्र्धन गर्न मातृभाषामा प्रचार-प्रसार गर्ने बताउनुभयो। चलचित्र उद्योगको विकास र संवद्र्धन गर्न समयानुकूल राष्ट्रिय चलचित्र नीति निर्माण गर्ने र मातृभाषामा बनाइने चलचित्रका लागि विशेष सहुलियत दिने उक्त पार्टीको नीति छ।

Shivam cement

‘आधुनिक विद्युतीय प्रविधिसँग राष्ट्रको विकास प्रक्रियालाई आबद्ध गर्न राष्ट्रिय नीति तर्जुमा गर्ने, समाजमा वैज्ञानिक चेतनाको अभिवृद्धि, परम्परागत प्रविधिको आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न विशेष पहल गर्ने, मानव जीवन सहज र उत्पादनमुखी बनाउन विज्ञान र प्रविधिको अध्ययन र अनुसन्धानलाई उच्च महत्व दिने’, घोषणापत्रमा उल्लेख छ।

अध्यक्ष यादवले भन्नुभयो, ‘पार्टीले शिक्षालाई व्यावहारिक र व्यवसायिक बनाउन विज्ञान र प्रविधिको प्रयोगलाई विद्यालय शिक्षादेखि नै विशेष जोड दिने र विश्वविद्यालयसम्म विशेष प्राथमिकता दिनुका साथै साना उद्यम, व्यापार, व्यवसाय, कृषिजन्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन साना प्रविधि (इन्टरमिडियट टेक्नोलोजी)को अन्वेषण, विकास र प्रयोगलाई विशेष जोड दिएको छ।’

मुलुकको सामाजिक, आर्थिक रूपान्तरण र आधुनिकीकरणका लागि विज्ञान–प्रविधिको अधिकतम् उपयोगलाई जोड दिने विषयलाई प्राथमिकतामा राख्नुका साथै कम्प्युटर प्रविधिलाई गाउँ–गाउँमा विस्तारित गर्ने, प्रविधि क्षेत्रका नवीन सुरुआत (स्टार्ट अप)को प्रवर्द्धन र विकासलाई जसपाले प्राथमिकता दिएको छ। हरेक व्यक्तिमा मोबाइल र इन्टरनेटको पहुँच पुर्‍याउने विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठानलाई साधन सम्पन्न बनाउने, देशबाट वैज्ञानिक तथा प्राविधिक क्षेत्रका प्रतिभा पलायन रोक्न देशभित्रै अवसरको सिर्जनालाई पार्टीले प्राथमिकतामा राखेको छ।

प्रकाशित: Nov 05, 2022| 18:00 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...