शनिबार, कात्तिक २९, २०८२

महिला साफमा नेपालले बंगलादेशलाई हरायो

बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशलाई हराएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं– बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशलाई हराएको छ। वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको हो।

National life

बंगलादेशलाई हराएपछि नेपाली टिमकी प्रशिक्षक भगवति राना मगरले दोस्रो हाफमा अग्रनाइज भएर खेल्दै जित निकालेको बताइन्। उनले भनिन्, ‘पहिलो हाफमा हामीले राम्रोसँग खेल्न सकेनौँ। तर दोस्रो हाफमा मिलाएर खेल्न सक्यौँ।’

पहिलो हाफा गोलरहित बराबरी भए पनि निर्धारित समय सकिनुभन्दा तीन मिनेटअघि वर्षा ओलीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। सो अग्रतासँगै नेपालले जित निकालेको हो।

‘साफको पहिलो  जितले हामीलाई उत्साही बनाएको थियो। आज बंगलादेशलाई जितेर  पनि उस्तै खुसी छौं तर आचर्यवाला जित चाहिँ होइन यो,’ मुख्य प्रशिक्षक भगवतिले खेलपछि भनिन्। उनले आज नेपालको दिन राम्रो रहेको र बंगलादेशको वक्षमा लक नरहेको पनि बताएकी छन्।

डबल राउन्ड रोबिन शैलीमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहेने टिमले प्रतियोगिता जित्नेछ। पहिलो खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो। पछिल्लो खेलमा नेपालले भुटानलाई ७–० ले हराएको थियो।

Laxmi sunrise bank
kumari

यससँगै दुवै टिमको समान ३–३ अंक थियो। आज जित निकालेपछि भने नेपालले ६ अंक बनाएको छ।

प्रकाशित: Nov 05, 2022| 19:07 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।