शनिबार, साउन ९, २०८३

स्व. उज्जवल थापाको पुस्तक 'ह्‍वाइ नेपाल' सार्वजनिक

एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अर्थशास्त्री एवं कांग्रेस नेता डा. स्वर्णीम वाग्लेलगायतले थापाको पुस्तक सार्वजनिक गरेका हुन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- स्वर्गीय उज्जवल थापाको पुस्तक 'ह्‍वाइ नेपाल' शनिबार काठमाडौंमा सार्वजनिक भएको छ। 

एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अर्थशास्त्री एवं कांग्रेस नेता डा. स्वर्णीम वाग्लेलगायतले थापाको पुस्तक सार्वजनिक गरेका हुन्।

राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको हो। कार्यक्रममा कांग्रेस महामन्त्री थापाले राजनीतिमा विकल्पको खोजीका लागि थापाले गरेको संघर्षको चर्चा गरेका थिए। 

त्यस्तै, वाग्लेले उज्वल थापाले सामाजिक अभियन्ता तथा युवा नेताका रुपमा खेलेको भूमिकाको स्मरण गरे। नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावनालगायतका विषय पुस्तकमा समेटिएको छ। 

सामाजिक अभियन्तासँगै नेपालमा वैकल्पिक राजनीतिको बहस सिर्जना गरी राजनीतिक यात्रामा होमिएका थापाको गत वर्ष कोरोना संक्रमणबाट निधन भएको थियो।

प्रकाशित: Nov 05, 2022| 18:47 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।