प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो।
नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। दलको बैठक जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले बोलाएको हो।
नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असम्वैधानिक भएको भन्दै कडा आपत्ति जनाएको छ। यो असम्वैधानिक र अलोकतान्त्रीक भएको कांग्रेसको ठहर छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान समाप्त गरि मुलुकलाई द्वन्द्वमा धकेल्ने षडेन्त्रमा लागेको प्रतिक्रिया दिएका छन्।
एम्बुलेन्स चालक उच्च जोखिमका साथ सेवामा तल्लीन छन्। धेरैलाई समयमै अस्पताल पुर्याएर भगवान् नै साबित हुँदा उनीहरू जति खुसी हुन्छन्, त्यत्ति नै दुःख निरन्तर पीपीईभित्र बाफिँदा हुन्छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन नसक्ने प्रतिक्रिया दिएका छन्।
माओवादी विद्रोहताका तत्कालीन सुप्रिम कमान्डर प्रचण्डपछिका शक्तिशाली मानिएका बादलको राजनीतिक जीवन उनै प्रचण्ड र स्वयं आफ्नै मूल्यहीन कदमका कारण दलदलमा परेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रति भण्डारीले सरकारको सिफारिसमा बिहीबार साँझ यस्तो आह्वान गरेकी हुन्।