बुधबार, भदौ १०, २०८३

सुदूरपश्चिममा थप १० जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीन सय ३५ जना संक्रमणमुक्त भएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीन सय ३५ जना संक्रमणमुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीका ५ जना, कञ्चनपुरका ३, बैतडी र डोटीका एकएक जनाको मृत्यु भएको हो। सो अवधिमा प्रदेशका सात वटा प्रयोगशालामा आरटी पीसीआर र ऐन्टिजेन विधिबाट २ हजार १ सय १ नमुना परीक्षणमा ८ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

एक हजार ७ सय ७६ जनाको पीसीआर विधिबाट परीक्षणमा ७ सय ९३ जनामा र ३ सय २५ जनाको ऐन्टिजेन विधिबाट परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८ सय ४६ नमुना परीक्षणमा ४ सय ६४ जना, महाकाली अस्पतालमा ९४ नमुना परीक्षण गर्दा ६१ जना, डडेल्धुरा अस्पतालमा २ सय ११ नमुना परीक्षणमा ७३ जना, डोटी अस्पतालमा ६७ नमुना परीक्षणमा ३० जना, बैतडी अस्पतालमा १ सय ७६ नमुना परीक्षणमा ४८ जना, बझाङ अस्पतालमा २ सय ८६ नमुना परीक्षणमा ४२ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमुन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट २ लाख ५ हजार ८ नमुना परीक्षणमा ३३ हजार ५ सय १७ जनामा संक्रमण फेला परेको छ। संंक्रमण पुष्टि भएकामध्ये १७ हजार ५ सय १६ जनाले कोरोना जितेका छन् भने ४०७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित: May 20, 2021| 14:26 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।