बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको कदम संविधान र मुलुकविरुद्धको गम्भीर अपराध : नेता लेखक

राष्ट्रपतिको कदम संविधान र मुलुकविरुद्धको गम्भीर अपराध : नेता लेखक

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असम्वैधानिक भएको भन्दै कडा आपत्ति जनाएको छ। यो असम्वैधानिक र अलोकतान्त्रीक भएको कांग्रेसको ठहर छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असम्वैधानिक भएको भन्दै कडा आपत्ति जनाएको छ। यो असम्वैधानिक र अलोकतान्त्रीक भएको कांग्रेसको ठहर छ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नेपाल समयसँग कुरा गर्दै राष्ट्रपतिले संविधानको मर्म विपरित सरकार गठनका लागि आह्वान गरेको बताए। 'यसले संविधानलाई भत्काउने काम गरेको छ। राष्ट्रपति र प्रधानमन्त्री दुवैले पदको चरम दुरुपयोग गरेर, संविधानकामाथि जालसाची गरेर संविधानलाई समाप्त गर्ने काम गरेका छन्', उनले भने।

उनले राष्ट्रपतिको यो कदम अधिनायकवादी भएको आरोप लगाउँदै सर्वसत्तावादी चरित्रको प्रदर्शन भएको बताए। 'नेपालको संविधानले राष्ट्रपतिलाई संवधानको पालन र संरक्षण गर्ने जिम्मेवारी दिएको छ। प्रधानमन्त्रीलाई कार्यकारी अधिकारको प्रयोग गर्ने, मन्त्रिपरिषद्‍को प्रमुखका रुपमा काम गर्ने कार्यकारी प्रमुखको रुपमा जिम्मेवारी दिइएको छ। राज्यको दुइटै सर्वाधिक महत्वपूर्ण पदमा बसेका मानिसहरूले  संविधानकामाथि जालसाच र खेलवाड गर्ने काम निरन्तर भइरहेको छ। यसमा कांग्रेसको घोर आपत्ति छ,' उनले भने।

उनले राष्ट्रपतिको कदम संविधान र मुलुकविरुद्धको गम्भीर अपराध भएको आरोप लगाए। उनले कांग्रेसले यस कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिए। लोकतन्त्र र संविधानको संरक्षणका लागि कांग्रेसले फेरि एक पटक लड्नुपर्ने बेला आएको उनले बताए।

बिहीबार राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि कांग्रेसले उनको दमको चर्को आलोचना गरेको छ।

प्रकाशित: May 21, 2021| 01:51 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।